शनिबार, वैशाख ८, २०८१
13:40 | १८:२५

बेलायत बस्ने राजशान्ति दम्पत्तिले बांडे वृद्धवृद्धालाई खाद्यान्न

नेपाली लिङ्क अक्टोबर १९, २०२०

लन्डन । लमजुङको सुन्दरबजार नगरपालिका भोटेओडार फुलवारी स्थायी घर भइ हाल बेलायतमा रहेका राजकुमार सुनार (राजु) र
शान्ति सुनारले स्थानीय आश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेका छन् ।

समाजसेवी सुनार दम्पत्तिले आफ्नो संस्था राजशान्ति फाउण्डेशनका तर्फबाट दशैंको पूर्व सन्ध्यामा सर्वोदय सेवाश्रममा आश्रित वृद्धवृद्धाका लागि दशैं तिहार खर्च स्वरुप करिब ३० हजार रुपैंया बराबरको खाद्यान्न प्रदान गरेका हुन् ।

आमा कृष्णकुमारी सुनारमार्फत प्रदान गरिएको खाद्यान्नमा चामल १२ बोरा, दाल २० केजी, जीरा ५ केजी, धनिया ५ केजी, तेल १ प्याक, नुन ४ केजी र फलफुल ७ केजी थियो ।

उक्त खाद्यान्न हस्तान्तरण कार्यक्रममा राजशान्ति फाउण्डेशनका नेपाल च्याप्टर सचिव समिप बिक, 
राजशान्ति फाउन्डेशनसंग सर्वोदय सेवाश्रमको सम्पर्क गराउने भूमिनन्द तिमिल्सिना, सेवाश्रमका सञ्चालक कृष्ण ओलीय, पत्रकार राजन परियार लगायतको उपस्थिति थियो ।

कोरोना महामारीको पीडाबीच हिन्दूहरुको महानपर्व वडा दशैंका बेला आश्रममा रहेका आमाबाबाको मुहारमा खुशी ल्याउन सहयोग गरिएको राजकुमार सुनार (राजु) ले बताए । उनी आफ्ना स्वर्गीय पिता पूर्णबहादुर सुनारको समाजसेवाबाट प्रभावित छन् । बुबाकै पद चिन्ह पछ्याउंदै राजकुमार राजशान्ति फाउण्डेशन स्थापना गरि सामाजिक सेवाको अभियानमा सक्रिय रहेको राजुले जनाए ।

संस्थाका सञ्चालक कृष्ण ओलीयले सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

राजकुमार सुनार (राजु) र शान्ति सुनार

राजशान्ति फाउन्डेसनकी सचिव श्रृष्टी सुनार र कोषाध्यक्ष सचिता सुनारले बेलायत बाट सम्पूर्ण सहयोग मिलाएका थिए ।

सो कार्यका लागि नेपालबाट लमजुङका पत्रकार राजन परियार साथै उनको टिम अनि फाउण्डेशनकका सहसचिव समिप बिक ले सम्पूर्ण व्यवस्था मिलाएका थिए ।

यस सहयोग अभियानमा बेलायतबाट मानबहादुर कामी, अनिता राई, मनिश सेन्चुरी, निशा मगर, पुष्पराज सुनार, रुपेश सुनार, श्रृष्टी सुनार, सचिता सुनार र संस्थापक शान्ति सुनारले आर्थिक सहयोग गरेका थिए । फाउण्डेशनका संस्थापक राजकुमार सुनारले सबैको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सर्वोदय सेवाश्रम गण्डकी प्रदेश अन्तर्गत राइनास नगरपालिका ८, हर्राबोट, धर्मनाथ धाममा अवस्थित छ ।

उक्त दम्पत्तिले आफ्नो जन्मभूमि र बेलायतमा निरन्तर च्यारिटी कार्य गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू