बिहीबार, वैशाख १३, २०८१
02:53 | ०७:३८

नेपालमा थप २ हजार २ सय ५३ संक्रमित

उपत्यकामा मात्र एक हजार ५ सय ९९

रासस अक्टोबर ४, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ । चौध दिनअघि यो सङ्ख्या ६४ हजार १२२ थियो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ ।

देशभर हाल २२६ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३४ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताए । प्रदेश नं १ मा २८ सङ्क्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १७ संक्रमितको अति सघन कक्षमा, बागमती प्रदेशमा ११२ सङ्क्रमितको अति सघन कक्षमा तथा २७ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा ४४ सङ्क्रमितको अति सघन कक्षमा, सुदूरपश्चिममा ४ सङ्क्रमितको अति सघन कक्षमा तथा कर्णाली प्रदेशमा १५ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल देशभर २२ हजार २१९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ११ हजार ८९३ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होम आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार ८५०, प्रदेश नं २ मा ५५८, बागमती प्रदेशमा ७ हजार १५३, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा एक हजार २०२, कर्णाली प्रदेशमा २८० तथा सुदूरपश्चिम प्रदेशमा ४१८ रहेको छ । हाल सात हजार ४५१ ज्ना संक्रमित क्वारेन्टिनमा छन् ।

यस्तै हालसम्म प्रदेश नं १ मा पाँच हजार ७३३, प्रदेश नं २ मा १२ हजार २९१, बागमती प्रदेशमा २० हजार ४९३, गण्डकी प्रदेशमा तीन हजार ५५५, प्रदेश नं ५ मा नौ हजार ५५५, कर्णाली प्रदेशमा तीन हजार १८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १५५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।

चौबिस घण्टामा कहाँ, कति भेटिए सङ्क्रमित ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुरमा दुई, खोटाङमा ३, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा १ तथा सुनसरीमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा छ तथा सिरहामा सात जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौँमा एक हजार ३७३, काभ्रेपलाञ्चोकमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा दुई, ललितपुरमा १८७ तथा सिन्धुपाल्चोकमा आठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, बागलुङ तीन, स्याङ्जामा चार, नवलपरासी पूर्वमा ४० तथा लमजुङमा सात जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नवलपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० तथा रुपन्देहीमा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै कर्णाली प्रदेशको सुर्खेतमा ५४, कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई तथा सल्यानमा दुई जनालाई कोरोना सङ्क्रमण भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५, कञ्चनपुरमा २१, डडेल्धुरामा एक, बैतडीमा एक तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिए । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३७३, ललितपुरका १८७ तथा भक्तपुरका ३९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ५१७ पुगेको छ । काठमाडौँमा २४ हजार ४६, ललितपुरमा दुई हजार ९८३ तथा भक्तपुरमा दुई हजार ४८८ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

एकै दिन कोरोनाबाट सातको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५३५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा कञ्चनपुरकी २९ वर्षीय महिला रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू