शनिबार, वैशाख १५, २०८१
19:23 | ००:०८

प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

रासस सेप्टेम्बर २७, २०२०

काठमाडौं  । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले भान्छामा कार्यरत सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम स्वास्थ्य सजगता अपनाउनुभएको हो ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले क्वारेन्टिनमा बसेको केही दिनपछि मात्रै उहाँको स्वाब परीक्षण गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयले समेत संक्रमितको सम्पर्कमा आएको पाँच दिनपछि मात्रै स्वाब परीक्षण गराउन निर्देशिका जारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू