शनिबार, वैशाख ८, २०८१
09:37 | १४:२२

जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार

रासस-एएनआई सेप्टेम्बर २६, २०२०

जापानका प्रधानमन्त्री योशिहिडे सुगा

न्युयोर्क १० असोज– जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । किमलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।” संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्वन्ध सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे ।

उनले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउन चाहेको उल्लेख गरे । “आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उनले भने ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिए । उनले थपे, “हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।”

उनले आफू आफ्ना प्रतिवद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू