बिहीबार, वैशाख १३, २०८१
09:47 | १४:३२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२०

काडमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पको झड्का काडमाडौंसहितअन्य विभिन्न जिल्लामा महसुश भएको थियो ।

निकै लामो समयपछि नेपालमा ५ रेक्टरस्केल भन्दा माथिको भूकम्प गएको हो । यसअघि सामान्यतया ५ रेक्टरस्केलसम्मको भूकम्प जाने गरेको थियो ।

भूकम्प गएको बेला अधिकांश मानिस सुतिरहेका थिए । भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू