शुक्रबार, वैशाख ७, २०८१
22:57 | ०३:४२

यौन दुर्व्यवहारको आरोपमा बेलायती पूर्व सांसद जेल चलान

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२०

फोटो पीए मिडिया

लन्डन । यौन दुर्व्यवहारको आरोपमा बेलायतका एकजना पूर्व सांसद जेल चलान भएका छन् । कन्जरभेटिभ पार्टीका ४९ वर्षीय पूर्व सांसद चार्ली एल्फिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई वर्षको लागि जेल चलान गरिएको हो  ।

उनलाई दुई जना महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । तर, एल्फिकले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । सन् २००७  र सन् २०१६ बीच ९ वर्षको अन्तरालमा गरेको दुईवटा यौन दुर्व्यवहारको आरोपमा उनी दोषी ठहरिएका हुन् ।

उनलाई साउथवार्क क्राउन कोर्टले दोषी सावित गरेको हो । जेल चलान भए लगत्तै आफूमाथिको आरोप निष्पक्ष नभएको भन्दै आफ्नो  सजायविरुद्ध अपिल गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू