शुक्रबार, वैशाख ७, २०८१
13:30 | १८:१५

पूर्व मिस्टर यूके नेपाल रचितको लन्डनमा ‘हार्ट अट्याक’ ले निधन

अविवाहित एक्लो छोरा कुंवर अष्ट्रेलिया 'मुभ' हुने तयारीमा थिए

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२०

लन्डन । पूर्व मिस्टर यूके नेपाल रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको छ ।

करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको उनको परिवार निकट एनआरएनए आइसीसी सदस्य सुरोज मास्केले नेपाली लिंकलाई बताए । उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ । तर, विस्तृत विवरण आउन बांकी छ ।

घट्ना लगत्तै एम्बुलेन्समा आएका प्यारामेडिक्सले एक घण्टा प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको मास्केले बताए ।

स्वर्गीय कुँवर ‘यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस’ (यूकेएनएफबीएफ) ले आयोजना गर्ने ‘मिस्टर यूके नेपाल’ प्रतियोगिताको सन् २०१६ का विजेता हुन् ।

लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका 
कुंवर दुई दिन अघि सोमबारमात्र लन्डन उत्रिएका थिए ।

लामो समयदेखि लन्डन बस्दै आएका रचित परिवारसहित अष्ट्रेलिया बसाइ सर्ने तयारीमा रहेको पारिवारिक श्रोतले बताएको छ । उनका बाबु आमा नेपालमा छन् । अविवाहित कुंवरका दुई दिदी छन् भने उनी एक्लो छोरा हुन् ।

स्वर्गीय कुंवर पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष एवं युवा व्यवसायी सुशील प्रजापतिका सालो हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू