शुक्रबार, वैशाख १४, २०८१
23:12 | ०३:५७

कोरोना अपडेट: विश्वभर ज्यान गुमाउने झण्डै साढे ३ लाख

रासस–एएफपी मे २६, २०२०

जेनेभा  । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । सो अवधिमा विश्वभर ३ हजारको ज्यान गएको छ ।

संक्रमितहरुमध्ये विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । मृत्यु संख्याको आधारमा दोस्रो स्थानमा बेलायत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू