बिहीबार, वैशाख ६, २०८१
02:46 | ०७:३१

कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु

रासस–एएफपी मे २५, २०२०

जेनेभा । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या ५५ लाख नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । 

संक्रमितमध्ये विश्वभर करिब ५३ हजार २ सय ११ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरस संक्रमणबाट बेलायतमा सबैभन्दा बढी ३६ हजार ७ सय ९३ जनाको मृत्‍यु भएको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सय १७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३ सय  पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू