शुक्रबार, चैत १६, २०८०
06:43 | १२:२८

नेपालमा एकै दिनमा ७५ जनामा संक्रमण, संक्रमित संख्या पुग्यो ५ सय ९१

नेपाली लिङ्क मे २३, २०२०

काठमाडौं । नेपालमा शनिबार एकै दिन ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ थप ७ जनामा संक्रमण पुष्टि गरेको छ । यसअघि बिहान ३२ र दिउँसो ३६ जना संक्रमित भेटिएका थिए । यससंगै नेपालमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ५ सय ९१ पुगेको छ ।

शनिबार साँझ थप हुने ७ जना भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा संक्रमित देखिएका हुन् । रुपन्देहीका तीन, कपिलवस्तु तीन र गुल्मीका एक जनामा संक्रमण पुष्टि भएको हो । गुल्मीका संक्रमित यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा रहेका व्यक्ति हुन् ।

यसअघि शनिबार नै दिउँसो भेटिएका संक्रमितमा बाँकेका २७ जना थिए भने बैतडीका चार, सुर्खेतका तीन तथा बर्दिया र झापाका एकएक जना थिए । बाँकेका सबै नयाँ संक्रमित नरैनापुरका हुन् ।

त्यसअघि बिहान मात्र ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना र काठमाडौ र बाराका एक-एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ८ पुरुषमा संक्रमण पाइएको थियो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू