बुधबार, वैशाख १२, २०८१
09:21 | १४:०६

कोरियामा नेपालीको मृत्यु

रासस मे १५, २०२०

कोरिया । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ ।

दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मंगलबार साँझ मृत्यु भएको हो ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मंगलबार बिहान ९ बजेतिर सुतेका थिए ।

कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए ।

उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ ।

घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवहाक नेपाली राजदूत रामसिंह थापाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू