शुक्रबार, चैत १६, २०८०
00:09 | ०५:५४

कँडेल ग्रुपबाट एनआरएनए यूकेलाई सुरक्षा सामग्री हस्तान्तरण

नेपाली लिङ्क मे १०, २०२०

एनआरएनए यूकेका पदाधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गर्दै कँडेल ग्रुपका निर्देशक राजन कँडेल

लण्डन । बेलायत तथा नेपालमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको ‘कँडेल ग्रुप’ ले एनआरएनए यूकेको ‘कोभिड १९ सहयोग अभियान’ मा सुरक्षा सामग्री सहयोग गरेको छ ।

‘ग्रुपका निर्देशक राजन कँडेलले मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सामग्री आइतबार एनआरएनए यूकेलाई हस्तान्तरण गरे ।

सहयोग सामग्री एनआरएनए यूकेका तर्फबाट महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ र सदस्यद्यद्व ह्यारी गुरुङ र प्रकाश कँडेल लगायतले बुझेका थिए ।

साउथ ईष्ट लण्डनमा तीन वटा फार्मेसी समेत सञ्चालन गरिरहेको ग्रुपले सहयोगको पहिलो चरणमा ५ पाउण्ड मुल्यका मास्क, स्यानिटाइजर र पञ्जासहितका २ सय ५० बक्स एनआरएनए यूकेलाई प्रदान गरेको हो । यसअघि कंडेल समूह र एनआरएन यूकेबीच २५ सय पाउण्ड बराबरको सामग्री हस्तान्तरण गर्ने सहमति भएको थियो ।

प्राप्त सामग्रीलाई साउथ ईष्ट क्षेत्रमा आवश्यकतामा रहेका नेपालीहरुलाई वितरण गर्न समेत शुरु गरिएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिनमै १ दर्जन स्वयमसेवकमार्फत करिब ६० घरपरिवारलाई वितरण गरिएको छ भने बाँकी सामग्री केहि दिनभित्रै वितरण गर्ने योजना छ ।

सहयोग सामग्रीको प्याकेजिंग तथा वितरणको लागि एनआरएनए यूके संरक्षक तथा पूर्व अध्यक्ष महेन्द्र कंडेल, आइसीसी मानार्थ सदस्य विनोद ज्ञवाली, सल्लाहकारहरु जीवन सेन, शुसिल प्रजापति, सल्लाहकार तथा पशुपति मन्दिरका अध्यक्ष नरेन्द्र कंडेल, एनआरएनए यूके विजनेस विभाग सचिव पुण्य रेग्मी लगायतले पनि स्वयमसेवा गरेका थिए ।

सुरक्षा सामग्री प्याकेजिंगमा सहयोग गर्दै एनआरएनए यूके संरक्षक महेन्द्र कंडेल, आइसीसी मानार्थ सदस्य विनोद ज्ञवाली तथा सल्लाहकारहरु जीवन सेन, सुशिल प्रजापती लगायत ।

कँडेल समूहका तर्फबाट निर्देशक राजन कंडेलले एनआरएन यूकेलाई प्रदान गरिएको सामग्री वितरणमा खट्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै, उनले एनआरएनए यूकेको यो अभियानमा सहयोग प्रदान गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

कोरोना प्रभावको कारण प्रभावित तथा विशेषत वृद्धवृद्धाहरुको उपयोगको लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेकोमा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष पुनम गुरुङले पनि कंडेल ग्रुपलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

यसैगरी, एनआरएन यूके ‘कोभिड अभियान’ का सहयोग संकलन संयोजक दिपक श्रेष्ठले अन्य व्यवसायी, संघसंस्था तथा व्यवसायीहरुलाई पनि एनआरएनए यूकेको अभियानमा सहयोगका लागि आव्हान गरेका छन् ।

एनआरएन यूकेले बेलायतभर झण्डै ३ हजार मास्क सहितका सुरक्षा सामग्रीहरु वितरण प्रक्रियामा रहेको बताएको छ । साथै, सहयोगको आवश्यकतामा रहेका विशेषत अवकाशप्राप्त वृद्धवृद्धाहरुको सुचना उपलब्ध गराउन समेत एनआरएनए यूकेले सबैमा आव्हान गरेको छ ।

एनआरएनए यूकेले ‘कोभिड १९’ को प्रभावका कारण समस्यामा परेका विद्यार्थीहरुलाई समेत खाद्यान्न लगायत अति आवश्यक सामग्रीहरु घरमै डेलिभरी गर्दै आइरहेको छ ।

एनआरएनए यूके हेल्पलाइन संयोजक जीत रानाभाटका अनुसार अहिलेसम्म ४० जना भन्दा बढी विद्यार्थीलाई खाद्यान्न र ५ सय भन्दा बढी परिवारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ ।

एनआरएनए यूकेले बेलायतमा कोरोनाको कारण मृत्यु भएका ३ जनाको परिवारलाई आर्थिक सहयोग गरिसकिएको र बाँकी ३ जना मृतकका परिवारले सहयोगको लागि सम्पर्क गरेको पनि जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू