शुक्रबार, वैशाख १४, २०८१
11:41 | १६:२६

अष्ट्रेलियामा तीन चरणमा प्रतिबन्ध हटाउने घोषणा

रासस -सिन्ह्वा मे ९, २०२०

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन

क्यानबेर्रा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।

प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि शुक्रबार प्रधानमन्त्री मरिसनले अष्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका हुन् ।

पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने र पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हुन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताएका छन् ।

‘कोभिड १९’ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको प्रधानमन्त्रीको भनाइ छ ।

यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरण पार गर्ने लक्ष्य भएको उनले बताएका छन् ।

सरकारले सर्वाजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने, केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ ।

तेस्रो चरणमा अष्ट्रेलियाको जनजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू