शुक्रबार, चैत १६, २०८०
22:59 | ०४:४४

कोरोनाका कारण १३ हजार ब्रिटिश सैनिक ड्युटीबाहिर

नेपाली लिङ्क अप्रिल २३, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण करिब १३ हजार ब्रिटिश सैनिक ड्यूटीमा नरहेको तथ्य सार्वजनिक भएको छ ।

बेलायतको रक्षा मन्त्रालयले एक लाख ४० हजार मिलिट्री पर्सनलमध्ये १० प्रतिशत आफैंलाई कोरोना भाइरसको संक्रमण भएर सेल्फ आइसोलेसन बसेका वा परिवारमा लक्षण देखिएर ड्यूटीमा अनुपस्थित रहेका जनाएको छ ।

‘पोजिटिभ’ नतिजा आउनेको संख्या एकसय भन्दा मुनी नै रहेको बताइन्छ ।

‘कोभिड १९’ महामारीका बेला ब्रिटिश सेनाले अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । अस्पताल निर्माणदेखि लजिस्टिक सपोर्टमा समेत आर्मीको संलग्नता छ ।

सैनिक प्रमुख जेनरल सर निक कार्टरले रक्षा मन्त्रालयले समुदायमा लैजान मोबाइल लाइब्रेरी योजना र निर्माणमा जुटिरहेको बताएका छन् ।

सेनामा आवद्ध वैज्ञानिकहरु सरकारको कोभिड परीक्षणमा सघाउन पनि व्यस्त छन् । ‘अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न पनि हाम्रो भूमिका छ’, कार्टर भन्छन् ।

ब्रिटिश सेनाले बेलायतभरका अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन अहिले २४ सै घण्टा काम गरिरहेको छ ।

लन्डन एक्सेल सेन्टरलाई नाइटिंगेल अस्पतालका रुपमा रुपान्तरण गर्न ब्रिटिश गोर्खासहित सेनाले सहयोग गरेको थियो । उक्त अस्पतालको क्षमता ४ हजार शैययासम्म छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू