शनिबार, वैशाख ८, २०८१
04:52 | ०९:३७

कोरोनाबाट बेलायतमा २४ घण्टामा ५ सय ९६ को मृत्यु

कुल मृत्यु १६ हजार ६०

नेपाली लिङ्क अप्रिल १९, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ सय ९६ जनाको ज्यान गएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार मृत्यु हुनेहरुमा इंग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कटल्याण्डमा १० जना र नर्दन आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट बेलायतको अस्पतालमा निधन हुनेको कुल संख्या १६ हजार ६० पुगेको छ ।

‘नेशनल केयर फोरम’ द्वारा जारी तथ्यांक अनुसार ‘केयर होम’ र ‘प्राइभेट रेसिडेन्स’हरुमा ४ हजार भन्दा बढीको मृत्यु भएको छ । जसनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसैगरी, बेलायतमा कोरोना संक्रमितहरुको संख्या पनि पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५० ले वृद्धि भएको छ । यससंगै हालसम्म बेलायतमा संक्रमित हुनेहरु १ लाख २० हजार ६७ पुगेका छन् ।

अहिलेसम्म बेलायतमा डेढ दर्जन नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने त्यसमध्ये झन्डै एक दर्जन जति पूर्व गोर्खा सैनिक छन् ।

गैरआवासीय नेपाली संघको ‘कोभिड -१९’ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार यसअघि नै संसारभरमा २८ जना नेपालीहरुको निधन भएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू