शनिबार, वैशाख ८, २०८१
11:57 | १६:४२

एनआरएनए उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा

नेपाली लिङ्क अप्रिल १२, २०२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक उच्चस्तरीय समितिमा बेलायतका पत्रकार चिरन शर्मा नियुक्त भएका छन् ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीबिरुद्ध लड्न गठित उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मालाई नियुक्त गरिएको हो ।

समितिको सल्लाहकार नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार छन् ।

कोरोना भाइरसको महामारीले पारेको प्रभाव र समस्या समाधानको लागि समितिले गरेका गतिविधिलाई गैरआवासीय नेपालीसमक्ष पुर्याउने जिम्मेवारीसहित संघका अध्यक्ष कुमार पन्तले शर्मालाई आइतबारदेखि जिम्मेवारी प्रदान गरेको संघले जनाएको छ ।

गैरआवासीय नेपाली अभियानमा दख्खल राख्ने पत्रकार शर्मा नागरिक दैनिकको लागि बेलायत संवाददाता हुन् । उनी नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू