शुक्रबार, १३ नोभेम्बर, २०२६
09:30 | १५:१५

राष्ट्रपतिले नियुक्त गरे सर्वोच्चमा चार न्यायाधीश

नेपाली लिङ्क नोभेम्बर १३, २०२६


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन (हेटौँडा इजलास) का न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) का न्यायाधीश गोकर्ण डाँगी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू