ईभी हाइस ५०० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा १४ को मृत्यु (नामावलीसहित)


काठमाडौँ । मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका –०६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कार्तिक २६ गते बिहीबार बिहान अन्दाजी ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित २० जना सवार रहेको खुलेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिई उद्धार कार्य सुरु गरिएको थियो भने उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो ।
उद्धारका क्रममा १४ जनाको शव फेला परेको छ भने ६ जना घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
मृतकहरूको विवरण यस प्रकार छ:
१. जिल्ला सर्लाही, कबिलासी गाउँपालिका –०८ बस्ने वर्ष अन्दाजी ३० का हाइस चालक रविशंकर कुमार मण्डल ।
२. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका –०४ सुन्दरपुरटोल बस्ने वर्ष २६ का बिकेश यादव ।
३. ऐ.ऐ. बस्ने वर्ष २८ की पुनम यादव ।
४. ऐ.ऐ. बस्ने वर्ष ७ की दिक्षा यादव (बालिका) ।
५. ऐ.ऐ. बस्ने वर्ष ५ की दिपिका यादव (बालिका) ।
६. ऐ.ऐ. बस्ने वर्ष १० की अनु कुमारी यादव ।
७. ऐ.ऐ. बस्ने वर्ष ३५/३६ का गुड्डु यादव ।
८. ऐ.ऐ. बस्ने वर्ष ३०/३२ की गायत्री देवी ।
९. ऐ.ऐ. बस्ने वर्ष २५/२६ का राम दुलार यादव ।
१०. ऐ.ऐ. बस्ने वर्ष २४/२५ का सुबोध यादव ।
११. ऐ.ऐ. बस्ने वर्ष १५ का रोहन यादव ।
१२. ऐ.ऐ. बस्ने वर्ष ३५ का राकेश यादव ।
१३. ऐ.ऐ. बस्ने वर्ष २८ का छोटु राय भन्ने रामप्रसाद राय यादव ।
१४. ऐ.ऐ. बस्ने वर्ष १७/१८ का सुधेश यादव ।
घाइतेहरूको विवरण:
१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३ को सुजन यादव, टाउको र मुखमा चोट, अवस्था मध्यम, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर ।
२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३१ का बेचु भन्ने देवेन्द्र राय, टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, थप उपचारका लागि मनकामना अस्पताल, भरतपुर रिफर ।
३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी १४ महिनाका सुदिप यादव, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर ।
उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको विवरण :
१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३३ का मुकेश यादव, मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज ।
२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ५ का सक्षम कुमार यादव, मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज ।
३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २६ का देवेन्द्र राय, मिति २०८३।०७।२६ गते ११:४५ बजे उपचारपश्चात् डिस्चार्ज ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



