आइतबार, ११ अक्टोबर, २०२६
21:21 | ०२:०६

स्कटल्याण्डका दुई संस्थाद्वारा बाढीपीडितका लागि ७ लाख रुपैयाँ बढी सहयोग

नेपाली लिङ्क अक्टोबर ११, २०२६

लन्डन-  नेपाल स्कटल्याण्ड एशोसिएसन र हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरको पहलमा नेपालका बाढीपीडितका लागि ७ लाख रुपैयाँ बढी ( ३५ सय पाउण्ड) संकलन भएको छ।

दुवै संस्थाले संकलित सहयोग रकम आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई हस्तान्तरण गरेका छन्।

हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरका अध्यक्ष मनिष खत्री र नेपाल नेपाल स्कटल्याण्ड एशोसिएसन अध्यक्ष एवं एनआरएनए यूके उपाध्यक्ष कमला श्रेष्ठले एनआरएनए यूके उपाध्यक्ष उज्ज्वल कार्कीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुवै संस्थाले बाढीपीडितलाई सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अभियानमा योगदान गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका छन्।

सहयोग रकम ग्रहण गर्दै एनआरएनए यूकेका उपाध्यक्ष कार्कीले दुवै संस्थालाई धन्यवाद दिए। उनले संकलित रकम छिट्टै प्रधानमन्त्री राहत कोषमा पठाइने जानकारी दिए।

सो अवसरमा स्थानीय एनआरएनए अभियन्ताहरु मोति खरेल र शशी कार्कीले बाढीपीडित सहयोगार्थ संचालन गरिएको कोष संकलन अभियानबारे जानकारी गराउंदै सबै दाताप्रति धन्यवाद दिए।

एडिनबराकै एभरेष्ट रेष्टुरेन्टमा च्यारिटी डिनर आयोजना गरी जुटाइएको रकम समेत बाढी पीडित सहयोगार्थ नेपाल पठाइएको उनीहरुले जनाए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू