शनिबार, ८ नोभेम्बर, २०२५
22:56 | ०४:४१

लन्डनस्थित नेपाली दूतावासमा आए दुई नयां डिप्लोम्याट्स

नेपाली लिङ्क नोभेम्बर ८, २०२५

लन्डन– लन्डनस्थित नेपाली दूतावासमा दुई नयां डिप्लोम्याट्स आएका छन् ।

परराष्ट्र मन्त्रालयबाट द्वितीय सचिव संजोग राई र तृतीय सचिव कविता खनाल आफ्नो जिम्मेवारी सम्हाल्न हालै लन्डन दूतावास आएका हुन् ।

यसअघिका फष्ट सेक्रेटरी उद्धव न्यौपाने र थर्ड सेक्रेटरी वीरकुमार राय बढुवा भएर जुलाई दोश्रो साता नेपाल फर्किएपछि दूतावासमा नयां कूटनीतिक कर्मचारी पठाइएको हो ।

लन्डन आएका कूटनीतिक कर्मचारीको कार्यकाल सामान्यतया ४ वर्ष हुने भएपनि बढुवापछि कार्यकाल अगावै फर्कने प्रचलन छ ।

उता, राजदूत चन्द्र घिमिरेलाई सरकारले फिर्ता बोलाएपछि अहिले मिसनमा कार्यवहाक राजदूतको जिम्मेवारी उपनियोग प्रमुख विपिन दुवाडीले सम्हालिरहेका छन् ।

दुवाडी ‘आत्मकेन्द्रित’ भन्दा परिणाम निकाल्ने गरि काम गर्न आफू अग्रसर रहेको बताउंछन् ।

उनले भूतपूर्व गोर्खाहरुको पेचिलो समान पेन्सन मुद्दा समाधानका लागि वार्ता अगाडि बढाउन बेलायती रक्षा मन्त्रालयसंग कुराकानी थालिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू