बुधबार, ८ अक्टोबर, २०२५
22:53 | ०३:३८

एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्‌को कार्यसमिति विस्तार

नेपाली लिङ्क अक्टोबर ७, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेअन्तर्गतको इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले आफ्नो कार्यसमिति विस्तार गरेको छ।

गत जुलाईमा सम्पन्न निर्वाचनबाट परिषदमा राममाया थापा अध्यक्ष र नवराज न्यौपाने सचिवमा निर्वाचित भएका थिए।

अध्यक्ष थापा र सचिव न्यौपानेले एनआरएनए यूके राष्ट्रिय समन्वय समिति तथा अध्यक्ष राजेन्द्र पुडासैनीसँगको समन्वयमा बाँकी पदाधिकारीहरू मनोनित गर्दै टिम विस्तार गरेका हुन्।

परिषदको विस्तारित कार्यसमितिमा सुमन प्रधान उपाध्यक्ष, रमेश बटाला सहसचिव, योगेश आचार्य कोषाध्यक्ष, सोनी श्रेष्ठ सह–कोषाध्यक्ष, सदिक्षा चौहान र हेम माया थापा (मगर) सदस्यका रूपमा चयन भएका छन्।

अध्यक्ष राममाया थापाले नयाँ टिमले परिषद्लाई अझ गतिशील र समुदायमुखी बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन्।

नयाँ सदस्यहरूको अनुभव र उत्साहले संस्थाका लक्ष्यहरू पूरा गर्न र एनआरएनएको गतिविधिलाई इंग्ल्याण्डभरका नेपालीहरूसम्म पुर्‍याउन मद्दत गर्ने आशा उनको छ।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले आगामी दिनमा समुदायबीच एकता, नेपाली संस्कृतिको प्रवर्द्धन, युवाको सहभागिता र स्थानीयस्तरमा एनआरएनएको पहुँच विस्तारजस्ता एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू