बिहीबार, २ अक्टोबर, २०२५
23:54 | ०४:३९

अल्डरसटमा कारको ठक्करबाट दुई नेपाली वृद्ध मारिए

नेपाली लिङ्क अक्टोबर १, २०२५

लन्डन  । अल्डरसटस्थित फ्लिट रोडमा कारको ठक्करबाट दुई जना वृद्ध नेपाली पुरुषको ज्यान गएको छ।

बुधवार बिहान करिब ६:३० बजे भएको घटनामा ७६ र ७७ वर्षका दुई पैदलयात्रीलाई निलो  स्कोडा कारले ठक्कर दिँदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ।

कार चालक, वकिङह्याम (बर्कशायर) निवासी ६६ वर्षीय पुरुषलाई मादक पदार्थ वा ड्रग्स सेवन गरी गाडी चलाएको, साथै लापरबाहीपूर्वक ड्राइभिङ गरी मृत्यु गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

ह्याम्पशायर प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै साक्षी वा घट्नाको श्रव्यदृश्य भए उपलब्ध गराइदिन अपिल गरेको छ।

विशेषगरी उक्त स्थान वरपरको सीसीटीभी वा गाडीका ड्यासक्याम फुटेज भए उपलब्ध गराउन आग्रह गरिएको छ।

जानकारी दिन चाहने जो कोहीले १०१ नम्बरमा फोन गरी रेफरेन्स नम्बर 44250443488 उल्लेख गर्न सक्नेछन्।

दशैंको मुखमा भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध पारेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू