युवा आइटी विज्ञ भट्टः जागिरे थिए, अहिले दिन्छन् बेलायतभर सेवा (भिडियो)



लन्डन- अहिले आइटीको जमाना छ । व्यक्तिगत प्रयोजन होस् वा सानो ठूलो कर्पोरेट अफिस, व्यवसायिक फर्म । कोही अछुतो रहन सक्दैनन् आइटी (सूचना प्रविधि) बाट । बढ्दो आइटी डिमाण्डसंगै यस क्षेत्रमा काम गर्ने विज्ञ र कम्पनीहरु पनि उल्लेख्य छन् ।
यसको एउटा उदाहरण हो लन्डनमा अवस्थित आइटी कन्सल्टेन्सी ‘क्याटलिष्ट आइटी’ । युवा आइटी विज्ञ हरि भट्ट विगत ५ वर्षदेखि एकल स्वामित्वमा यस कम्पनी हांकिरहेका छन् ।
आइटी क्याटलिष्ट खासमा म्यानेज्ड सर्भिस प्रोभाइडर हो । यसले विजनेशलाई चाहिने सबै आइटी सेवा प्रदान गरिरहेको छ । जस्तैः पूर्वाधार व्यवस्थापन, साइबर सेक्यूरिटी एण्ड प्राइभेसी, नेटवर्किङ, क्लाउड कम्प्युटिङ, डेबग्स्, डिजाइनिङ, होस्टिङ लगायत सेवा प्रदान गरिने सञ्चालक भट्ट बताउंछन् ।
‘आइटी सेक्यूरिटीका के कस्ता जोखिम छन् त्यसमा काम गर्छौं हामी । बढ्दो साइबर सेक्यूरिटी थ्रेट ट्याकल, क्लाउड कम्प्युटिङको कस्ट म्यानेजमेन्ट, कामको चाप घटाउन तथा मानवीय त्रुटी कम गर्न ‘वर्क फ्लो अटोमेसन’ पनि हाम्रो कार्यक्षेत्रभित्र पर्छ’, भट्टले भने ।
सेवा हेरेर खर्च लिने तर ‘इन हाउस’ आइटी राख्न भन्दा आफ्नो कम्पनी तुलनात्मक रुपमा सस्तो रहेको उनले बताए ।
लन्डन ह्यारोमा अफिस रहेपनि आइटी क्याटलिष्टले आउट सोर्सिङ गरेर बेलायतका हरेक राज्यबाट अनुभवी कन्सल्टेन्टहरु लिने गरेको छ । लिड्समा अवस्थित ‘जंगल आइटी’ बाट सबैभन्दा बढी आउट सोर्सिङ गरिएको सञ्चालक भट्टको भनाइ छ ।
अहिले प्रत्यक्ष-अप्रत्यक्ष १० जनालाई रोजगारी दिइरहेको उनले जानकारी दिए । म्यानचेष्टरमा छिट्टै ब्रान्च खोल्ने योजना बनाएका भट्ट आफ्नो कम्पनीले बेलायतको सबै राज्यमा सेवा दिने बताउंछन् ।
उनका बेलायतमा रहेका असंख्य ग्राहकमध्ये भारतीय व्यवसाय बढी छन् । हस्पिटालिटी अन्तर्गत लोकप्रिय होटलहरु, अकाउन्टिङ फर्म, केयर होम, फार्मास्यूटिकल कम्पनी, च्यारिटी कम्पनीहरु आदिलाई आफ्नो सेवा प्रदान गरिरहेको भट्टले बताए । नेपाली समुदायलाई पनि सेवा दिन आफू तत्पर रहेको उनी बताउंछन् ।
आइटीमा सेक्यूरिटी थ्रेट प्रमुख व्यवधान छ तर साना तथा मध्यम विजनेशहरुले यसतर्फ नबुझेको भट्टको अनुभव छ । ‘अहिले हरेक अफिसमा अभिन्न अंग बनिसकेको छ आइटी । बेग्लै आइटी विज्ञ राख्दा जति खर्च हुन्छ, हामी त्यो भन्दा कममा बढी सेवा दिन सक्छौं’, उनले भने ।
आइटी क्षेत्रमा काम गरेर लामो अनुभव संगालेपछि भट्टले यसैमा भविष्य देखे र शुरु गरे आफ्नै व्यवसाय । उनीसंग विगत १२ वर्षदेखि आइटीमा काम गरेको अनुभव छ । मास्टर्स उत्तिर्ण अघि उनले माइक्रोसफ्ट, सिस्को, कम्प टीआइए सर्टिफिकेसन गरेका थिए ।
गोरखा धावामा जन्मिएका भट्टले सन् २००९ मा नर्दम्बीया युनिभर्सिटीबाट ब्याचलर्स इन इलेक्ट्रोनिक्स उत्तिर्ण गरे । उनले मास्टर्स भने एड्भान्स नेटवर्किङमा ओपन युनिभर्सिटीबाट गरेका हुन् ।
हेरौं आइटी विज्ञ हरि भट्टसंग नेपाली लिंकको भिडियो संवादः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५