बिहीबार, १८ सेप्टेम्बर, २०२५
22:54 | ०३:३९

जेनजी नेता सुदन गुरुङको जीवनरक्षाप्रति तमुधिं यूकेको चासो

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२५

लन्डन । तमुधिं यूकेले जेनजी आन्दोलनको नेतृत्व गरेका सुदन गुरुङको जीवन जोखिममा पार्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्दोलनको नेतृत्व गर्दै समावेशी सरकार गठन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुदनलाई हतोत्साही बनाइ ज्यानै लिनेसम्मको नियत राखेर केही शक्ति लागिरहेको भन्ने खवरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको तमुधिं यूकेले एक विज्ञप्तिमा जनाएको हो ।

तमुधिं यूकेले सुदनको सुरक्षाका लागि सरकार पूर्ण जिम्मेवार हुनुपर्ने माग पनि गरेको छ ।

‘संक्रमणकालिन अवस्थाको फाइदा उठाएर नेपाल आमाको होनहार सपुत गुरुङमाथि भएका अमानवीय कृत्यको हामी घोर भत्र्सना गर्दछौं। उनको सुरक्षाको पूर्ण प्रत्याभूतिका लागि हामी सरकारसंग जोडदार माग पनि गर्दछौं’, अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

तमुधिं यूकेले भदौ २३ गते नेपालमा भएको जेन–जी आन्दोलनमा सरकारी दमनका कारण ज्यान गुमाएका युवाप्रति श्रद्धान्जली अर्पण गरेको छ । उक्त आन्दोलनमा हालसम्म ७३ जनाको निधन भइसकेको छ ।

भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध उठाइएको आवाजलाई राज्यशक्तिबाट दमन गर्नु दुःखद रहेको पनि तमुधिं यूकेले जनाएको छ। आन्दोलनका क्रममा घुसपैठ गरेर संसद् भवन, सिंहदरबार, सार्वजनिक तथा निजी सम्पत्तिहरूमाथि आक्रमण हुनु दुःखद भन्दै संस्थाले यसको मूल कारण भ्रष्टाचार र बेथिति नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू