बुधबार, १७ सेप्टेम्बर, २०२५
02:09 | ०६:५४

एनआरएनए यूकेद्वारा आपतकालिन राहत कोष स्थापना

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२५

फाइल तस्विर

लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आपतकालिन राहत कोष स्थापना गरेको छ । आइतबार एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा भर्जुचल बसेको कार्यसमितिको पूर्ण बैठकले यूकेवासी नेपालीहरुलाई आपत पर्दा सहयोग गर्न उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुबाटै सहयोग सुरु गरि आपतकालिन राहत कोष प्रक्रियालाई अघि बढाउंदै लैजाने निर्णय भएको महासचिव दिवाकर पाण्डेयले बताए । उनका अनुसार यूकेवासी नेपालीका सुख दुखमा एनआरएनए साथमा छ भन्नका लागि राहत कोष जस्तो मानवीय कार्य अघि बढाइएको हो ।

कार्यसमिति बैठकले बेलायतमा निधन भएकी स्वर्गीय प्रतिमा वादेको शव नेपाल लैजान परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । उनको परिवारले नेपालमै दाहसंस्कार गर्न शव पठाउन सहयोग मागेकाले सहयोग गर्ने निर्णय गरिएको महासचिव पाण्डेयले बताए ।

त्यस्तै, बैठकले नेपालमा जी एनजीको आन्दोलनमा निधन भएका युवाहरुको सम्मानमा एक मिनेट मौनधारण गरि श्रद्धान्जली समेत व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू