बुधबार, १० सेप्टेम्बर, २०२५
22:55 | ०३:४०

प्रथम साझा रनिङ शिल्ड भलिबलको उपाधि शान्ति नेपाली समाजलाई

राहुलदेव सापकोटा सेप्टेम्बर १०, २०२५


लन्डन- प्रथम साझा रनिङ शिल्ड भलिबलको उपाधि शान्ति नेपाली समाज बेलायतले हात पारेको छ।

साझा नेपाली समाजको आयोजनामा गत सोमबार नटिङ्गहममा सम्पन्न प्रतियोगिताको फाइनलमा बराबरी भएपछि शान्ति नेपाली समाज टसमार्फत् विजेता बन्यो।

टस हारेको ग्रीनवीच भलिबल परिवारले उपविजेतामा चित्त बुझाउनुपर्‍यो ।

विजेताका रुपमा शान्ति नेपाली समाजले प्रतियोगिताको शिल्ड प्राप्त गरेपनि नगद पुरस्कार दुवै टीमलाई १ हजार २ सय ५० पाउण्डका दरले वितरण गरियो।

तेस्रो हुने स्याङ्जा भलिबल परिवार ४ सय पाउण्ड नगदसहित मेडल र ट्रफीबाट पुरस्कृत भयो।

पहिलोपटक आयोजना भएको प्रतियोगितामा बेलायतभरबाट जम्मा ८ टीम सहभागी थिए।

साझा नेपाली समाजका ट्रष्टी एवं सल्लाहकारहरुको उपस्थिति रहेको कार्यक्रममा स्थानीय नेपालीहरुको उल्लेख्य सहभागिता थियो।

कार्यक्रम संयोजक एवं संस्थाका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष शिव खरालको सहसंयोजकत्वमा सम्पन्न कार्यक्रम महासचिव सशांक शर्माले संचालन गरेका थिए।

प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै खेलाडी, टीम, प्रायोजक तथा सहयोगीप्रति कार्यक्रम संयोजक एवं समाजका अध्यक्ष सापकोटाले आभार प्रकट गरेका छन्। उनले आगामी वर्ष झनै बृहत रुपमा कार्यक्रम गरिने समेत बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू