जेन जी आन्दोलनलाई जेन्स यूकेको समर्थन, प्रधानमन्त्री ओलीको राजीनामा माग



लन्डन- बेलायतस्थित नेपाली युवा उद्यमीहरुको संगठन जेन्स यूकेले हाल नेपालमा जारी जेन जीको आन्दोलनप्रति पूर्ण समर्थन जनाएको छ।
संस्थाका अध्यक्ष दिपक गैरेले एक वक्तव्य जारी गर्दै आन्दोलनका क्रममा सरकारबाट भएको क्रुर दमनको निन्दा गरेका छन् । उनले आन्दोलनमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका निर्दोष युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
अध्यक्ष गैरेले जेन जीको शान्तिपूर्ण आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी लिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
वक्तव्यमा प्रधानमन्त्री ओलीमाथि आवश्यक छानबिन र कानुनी कारवाही गरिनुपर्ने आवश्यकता समेत औंल्याइएको छ । ‘सरकारले राजीनामा दिएर देशमा सहज र शान्तिपूर्ण वातावरण निर्माण गर्न मार्गप्रशस्त गर्नु पर्छ’, वक्तव्यमा भनिएको छ ।
जेन जी आन्दोलनले देशभर राजनीतिक सुधार, पारदर्शिता र जवाफदेहिताको माग गर्दै प्रदर्शन गरिरहेको छ। जेन्स यूकेले यस आन्दोलनलाई न्यायको पक्षमा उभिएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा पनि आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
संसारभर छरिएका नेपालीहरूलाई सरकारको क्रुर दमनको विरोधमा सशक्त रुपमा उत्रिन पनि आव्हान गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५