आइतबार, ७ सेप्टेम्बर, २०२५
22:29 | ०३:१४

फार्नबोरोमा क्षमता अभिवृद्धि तालिम दिंदै मन

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२५

मन गुरुङ

लन्डन । मानिसभित्र रहेको क्षमता अभिवृद्धि गर्न सघाउने एक तालिम हुने भएको छ ।

यूकेस्थित प्रशिक्षक मन गुरुङको प्रशिक्षणमा फार्नबोरोमा आगामी ११ अक्टोबरमा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने भएको हो ।

‘अनलिस योर इनर सेल्फ’ नामक उक्त तालिम फार्नबोरोस्थित भिलेज होटेलमा बिहान साढे ८ बजेदेखि हुने गुरुङले जनाए ।

तालिममा सहभागी हुन शुल्क भने लाग्नेछ । तालिमबाट वचत रकमको केही हिस्सा नेपाल र यूकेका अति आवश्यक च्यारिटी संस्थालाई सहयोग गरिने पनि प्रशिक्षक गुरुङले जानकारी दिए ।

‘हरेक मानिस सफल, स्वस्थ्य, समृद्ध र खुसी हुन चाहन्छ । तर त्यसका लागि आफूसंग रहेको क्षमता उजागर गर्न मानिस सकिरहेको हुंदैन् । हामी त्यही सिकाउंछौं’, गुरुङले भने । उनले मानिस खुशी र सफल हुन यस्तो तालिम आवश्यक रहेको पनि बताए ।

यस तालिम व्यापार व्यवसायमा सफलता हासिल गर्ने उपाय, आफूभित्रको डर हटाएर आत्मविश्वास वृद्धि, सकारात्मक विचार विजारोपण, समृद्धि, अनुशासन र सशक्तिकरण, नवप्रवर्तन सुदृढ संगठन र नेतृत्व विकास, रणनीति, आर्थिक ज्ञान, आयआर्जनका उपाय आदि विषयमा केन्द्रित हुने बताइएको छ ।

तालिम घरमै बसेर पनि आफ्नो अनुकुल समयमा सिक्ने गरी व्यवस्था मिलाइने गुरुङले जानकारी दिए ।

यूकेबाट उच्च शिक्षा हासिल गरेका मन गुरुङसंग यस क्षेत्रमा दुई दशक बढी अनुभव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू