बुधबार, २७ अगस्ट, २०२५
बेलायतको ग्रान्थममा पहिलोपटक सामूहिक तीज पूजा



नेपाली लिङ्क
अगस्ट २७, २०२५
लन्डन – बेलायतको ग्रान्थम क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरुले पहिलोपटक सामूहिक तीज पूजा गरेका छन्।
मंगलबार हरितालिका तीजका दिन ग्रान्थम नेपाली समाजको आयोजनामा पहिलो हरितालिका तीज पूजा कार्यक्रम भएको हो।
सो अवसरमा पण्डित इश्वरी शर्माले संचालन गरेको तीज पूजामा स्थानीय महिलाहरु उत्साहजनक रुपमा सहभागी भएका थिए।
पहिलोपटक आयोजना गरिएपनि तीजपूजा सफल भएको भन्दै समाजले उपस्थित सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गरेको छ।
समाजका अध्यक्ष विष्णु अर्याल र सचिव उपेन्द्र पौडेलले धन्यवाद वक्तव्य जारी गर्दै सहभागीहरूको उत्साह र सहयोगले कार्यक्रम अविस्मरणीय बनाएको उल्लेख गरेका छन् ।
कार्यक्रम सफलतापूर्वक संचालन गरेकोमा समाजले पण्डित शर्मालाई विशेष आभार प्रकट गरेको छ।
समाजले आगामी कार्यक्रमहरूमा पनि यस्तै सहभागिता र समर्थनको अपेक्षा व्यक्त गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५