मंगलबार, ११ नोभेम्बर, २०२५
23:16 | ०५:०१

लन्डनमा यतीको तीज विशेष साँझ आइतबार, कोमल ओलीसहितका कलाकारले प्रस्तुति गर्दै

नेपाली लिङ्क अगस्ट २४, २०२५

लन्डन- सन् १९६० मा बेलायत बस्ने नेपाली समुदायद्वारा स्थापना गरिएको युरोपकै पहिलो संस्था यती नेपाली एशोसिएसन यूकेले आइतबार तीज कार्यक्रम गर्दैछ।

कार्यक्रम हेजस्थित ‘द क्लरिशन ओयासिस’ मा साँझ ५ देखि राति १०:३० बजेसम्म तय छ।

कार्यक्रममा चर्चित लोकगायिका कोमल ओलीले प्रमुख प्रस्तुति दिनेछिन्। तीज र लोकगीतका माध्यमबाट लामो समयदेखि लोकप्रिय ओलीका “पोइला जान पाम”, “बोल्नेलाई बोल्न देऊ”, “तीजमा रमाइलो” जस्ता गीतहरू चर्चित छन्। हालै सार्वजनिक भएको उनको नयाँ तीज गीत “सुनीदेउ शिव” ले पनि चर्चा कमाएको छ।

ओलीसँगै गायिका साहिमा श्रेष्ठ, गायक सन्दीप न्यौपाने, विभिन्न नृत्य प्रस्तुतिहरू, डिजे संगीत र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहने यती एशोसिएसन अध्यक्ष टंक भट्टराईले जनाए । सहभागी सबैका लागि फुल–कोर्स नेपाली भोजन व्यवस्था गरिएको छ।

कार्यक्रममा आकर्षक राफल पुरस्कारहरू पनि राखिएका छन्। जसअन्तर्गत पहिलो पुरस्कार आधा तोला सुन, दोस्रो पुरस्कार सलामी मास्टरको २ सय ५० पाउण्डको भौचर, तेस्रो पुरस्कार मिनीको सुपरमार्केटको २ सय पाउण्डको भौचर विभिन्न आकर्षक पुरस्कारहरू छन् ।

तीज विशेष साँझको लागि सिमित सिटहरु मात्रै बाँकी रहेकाले आयोजक टीमका सदस्यलाई सम्पर्क गरी स्थान सुरक्षित गर्न आग्रह गरिएको छ।

एशोसिएसन अध्यक्ष टंक भट्टराईले यसअघि केही सफल कार्यक्रम सम्पन्न गरिएको जनाउंदै आगामी दिनमा पनि सामाजिक, सांगीतिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै जाने तयारी रहेको बताए।

संस्थाले आउँदो महिनाहरूमा थप नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी पनि रहेको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू