एनआरएनए इंग्ल्यान्डले एम्बुलेन्स खरिद सहयोगार्थ कोमल ओली सांगीतिक साँझ गर्ने



लन्डन- नेपाली नारीहरुको पर्व तीजकै छेकोमा एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदले एक परोपकारी सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
परिषदले यही अगष्ट २९ तारिख शुक्रबार बेलुका लोकप्रिय गायिका कोमल ओलीको सांगीतिक प्रस्तुतिमा च्यारिटी सांगीतिक साँझ गर्ने भएको अध्यक्ष राममाया विष्टले जानकारी दिइन्।
प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा साँझ ७ बजे कार्यक्रम शुरु हुनेछ। सो अवसरमा गायिका ओलीको लाइभ प्रस्तुतिमा विभिन्न लोकदोहोरी गीतमा नाचगान साथै डिजे डान्स समेत गरिने योजना छ।
कार्यक्रममा प्रवेश निशुल्क राखिएको छ। कार्यक्रमका सहभागीबाट स्वेच्छिक रुपमा संकलन हुने कोष नेपालमा एक एम्बुलेन्स किन्ने परोपकारी कार्यमा सहयोग गरिनेछ।
गायिका ओलीले आफ्नो बेलायत भ्रमणबाट जम्मा हुने रकम आफ्नो गृहजिल्ला दाङमा एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने बताएकी छन्।
एनआरएनए इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष राममाया विष्टले कार्यक्रममा सहभागी हुन सबैलाई आव्हान गरेकी छन्।
लोकप्रिय गायिकाको प्रस्तुतिमा रमाइलो नाचागानका साथ परोपकारी कार्यमा सहयोग समेत गर्ने अवसर रहेकाले कार्यक्रम मिस नगर्न उनको आग्रह छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५