यस सिजनमा तीनवटा कप जितेर माया क्रिकेट क्लवको ह्याट्रिक



लन्डन । लन्डनमा स्थापित माया क्रिकेट क्लवले यस सिजनमा मात्र तीनवटा कप जितेर ह्याट्रिक गरेको छ । माया क्रिकेट क्लव नेपाल टी २०, माया टी १० र ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसीएल) च्याम्पियन बनेको हो ।
मायाले बिजिसीएलमा खुकुरी क्रिकेट क्लवलाई १४२ रनले जितेको थियो । मायाले पहिलो ब्याटिङ गर्दै २३४ रन बनाएको थियो । प्रकाश विष्टले ४२ रन, रोमन पाठकले ४८ र अमित कुश्वाले ३७ रन हानेका थिए । खुकुरी क्रिकेट क्लव मात्र ९२ रनमा अल आउट हुन पुग्यो । बलिङमा चन्दन रावलले ४ विकेट, अर्जुन साउद र प्रकाश विष्टले ३ विकेट लिएका थिए ।
फाइनलमा म्यान अफ द म्याच भए प्रकाश विष्ट ।
उक्त टुर्नामेन्टको वेष्ट बलर दिनेश खरेल, वेष्ट ब्याट्सम्यान सौरभ सिंह पेला र म्यान अफ द सिरिज विशाल बोहोरा भए । यस बिजिसीएल टुर्नामेन्टको पुरस्कार नेपाली पहिलो मिसेलिन रेष्टुरेन्ट सञ्चालक हरि र मिसेलिन सेफ मधुकर थापा, माया ग्रुपका निर्देशक राज पाण्डे तथा बिजिसीएलका सिइओ गम गुरुङले प्रदान गरेका थिए ।
माया क्रिकेट क्लवका सञ्चालक युवा व्यवसायी राज पाण्डे क्लवमार्फत युवाहरुलाई अन्तर्राष्ट्रिय अवसर प्रदान गर्दै नेपालको क्रिकेट विकासमा सघाउने आफ्नो उद्देश्य रहेको बताउंछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५