बेलायतमा दोस्रो काव्य–सन्ध्या, सुमधुर धुनसँगै ८ कविले सुनाए कविता



लन्डन । शनिबार अल्डरसटको सुसी मोतो रेष्टुरेन्टको हलको अग्रभागमा थिए ८ जना कवि । सामुन्नेमा बसेका दर्शकहरू ध्यानमग्न भएर कविता सुनिरहेका थिए । नेपाली मौलिक सुमधुर धुनसँगै कविता वाचनमा मात्र कार्यक्रम केन्द्रीत थियो ।
यो दृश्य ‘साहित्य सङ्गालो’ बेलायतले आयोजना गरेको दोस्रो काव्य–सन्ध्याको हो जसमा आठजना कविले आफ्नो तीन–तीन वटा कविता सुनाए ।
कविहरू गोपी सापकोटा, दीपा लिम्बू राई, प्रयास दुमी राई, केदार संकेत, सुमाया राई, दुर्गाप्रसाद पोख्रेल, लिला सेलिङ राई र सुष्मा रुपाबुङ राईले कविता सुनाइरहँदा सहजीकरण भने कवि निर्भीकजङ्ग रायमाझीले गरेका थिए ।
यसअघि सन् २०२४ सेप्टेम्बरमा पहिलो काव्य सन्ध्या भएको थियो । जसमा लाइभ म्यूजिकसहित आठ जना कविहरूले कविता सुनाएका थिए । पहिलो कार्यक्रमदेखि नै संस्थाले प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक सज्जाबिना नै साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, किराँत सुनुवार सेवा समाजका अध्यक्ष आकाश सुनुवार, फ्रिम्ली पार्क नेपाली सोसाइटीका अध्यक्ष टकमाया गुरुङ लगायतको उपस्थिति थियो । लेखक तथा कविहरू कवि देवेन्द्र खेरेस, मुकेश राई, जीवन तिवारी, खुपेन सुनुवार, अशिम मगर र निर्मला सापकोटा पनि कार्यक्रममा सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५