सोमबार, ११ अगस्ट, २०२५
19:04 | २३:४९

तमुधिं यूकेको निम्तोमा बेलायत आइपुगेका कुलमानलाई स्वागत

नेपाली लिङ्क अगस्ट ११, २०२५

लन्डन-तमुधिं यूकेको निमन्त्रणामा उज्यालो नेपालका नायक एवम् नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत आइपुगेका छन्।

सोमबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका उनलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले बेलायतमा न्यायो स्वागत गरेको छ ।

कुलमानको स्वागतमा तमुधिं युके उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङसहितका पदाधिकारी एवम् सल्लाहकारहरु विमानस्थल पुगेका थिए ।

यही अगष्ट २४ मा आयोजना हुन लागेको १६ औं नेपाली मेलामा विशेष अतिथिका रुपमा सहभागी हुन आयोजक तमुधिं यूकेको निमन्त्रणामा कुलमान बेलायत आइपुगेको संस्थाका उपाध्यक्ष एवम् नेपाली मेला संयोजक कमल गुरुङले बताए ।

कुलमान बेलायत उत्रिएकै दिन सोमबार साँझ तमुधिं यूके भवन मिचेटमा उनको स्वागत तथा सम्मानमा एक रात्रीभोज समेत आयोजना गरिएको छ ।

बेलायतमा रहंदा कुलमानले यहाँस्थित अरु विभिन्न नेपाली संघसंस्था र समुदायसंगसमेत अन्तरक्रिया गर्ने तालिका छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा देशलाई लोडसेडिङमुक्त गराएको श्रेय पाएका कुलमानले अब नयाँ राजनीतिक दल खोल्ने चर्चा समेत शुरु भएको छ । यसै शिलशिलामा उनी विभिन्न मुलुकस्थित नेपाली समुदाय भेट्ने दौडाहाका क्रममा बेलायत आएका हुन् ।

तस्विर: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू