आइतबार, ३ अगस्ट, २०२५
13:11 | १७:५६

राप्ती समाज यूकेको ग्रीष्मकालीन भेला

नेपाली लिङ्क अगस्ट २, २०२५

लन्डन – राप्ती समाज यूकेले आफ्नो वार्षिक ग्रीष्मकालीन भेला गरेको छ । समाजले गत २६ जुलाई शनिबार केन्टस्थित मेडस्टोन ग्रामर स्कूलमा भव्य रूपमा भेला गरेको हो । 

४०० भन्दा बढी सदस्य सहभागी उक्त भव्य कार्यक्रममा  लण्डनस्थित नेपाली राजदूतावासका तृतीय सचिव झुपलाल पुन तथा भेरी समाजका सचिव शान्ता चन्द लगायतको सहभागिता थियो ।

समारोहको उद्घाटन नवनिर्वाचित अध्यक्ष चन्द्र शाही र निवर्तमान अध्यक्ष दिनेश खड्का साथै अतिथिद्वयले संयुक्त रूपमा दियो बालेर गरेका थिए ।

समाजका उपाध्यक्ष झपेन्द्र थापाले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन समाजका सचिव गुञ्ज शाह र दीपक मगरले गरेका थिए ।

पहिलो चरणको कार्यक्रममा कार्यकाल पूरा गर्न लागेका अध्यक्ष दिनेश खड्का र सचिव गुञ्ज शाहले गत एक वर्षमा भएका समाजका गतिविधिबारे जानकारी दिए ।

कार्यक्रममा हालै स्नातक उत्तीर्ण गरेका युवाहरू, नवभर्ती गोरखा सैनिकहरू, र नयाँ दाम्पत्य जीवनमा बाँधिएका जोडीहरूलाई बधाई पत्र प्रदान गरेको थियो।


दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा कलाकारहरू रमिला बुढा, कामना ओली र आरुसी मगरले दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। रमिला र कमला दुबै राप्ती क्षेत्रका गायिका हुन्। समाजका युवाहरूले पनि आकर्षक नृत्य प्रस्तुत गरे ।

निर्वाचन आयोगका अध्यक्ष हिक्मतसिंह रोकाद्वारा  कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै खादा प्रदान गरे ।

नव निर्वाचित अध्यक्ष चन्द्र शाहीले समाजका नवनियुक्त ट्रस्टीहरू टिका सिंह ठकुरी, गंगा मल्ल, हिक्मतसिंह रोका र दिनेश खड्कालाई खादा लगाएर सम्मान प्रदान गरे। उनले नयाँ कार्यसमितिलाई सहयोग गर्न समाजका सदस्य तथा सल्लाहकारहरुलाई आग्रह पनि गरे। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू