मंगलबार, २९ जुलाइ, २०२५
19:05 | २३:५०

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा एनआरएनए समस्या समाधानको मार्गचित्र प्रस्तुत

नेपाली लिङ्क जुलाइ २८, २०२५

लन्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको गम्भीर संकटप्रति चासो राख्दै समाधानका लागि संवाद, एकता र सहकार्य प्रस्ताव गरेको छ ।

समाजका अध्यक्ष लन्डनस्थित युवा अभियन्ता राजन खकुरालले एनआरएनए आइसीसी अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीलाई बेग्लाबेग्लै पत्र प्रेषित गर्दै संवाद, समझदारी र सहकार्यको माध्यमबाट संस्थाको पुनर्निमाणमा जोड दिएका हुन् ।

पत्रमा खकुरालले अहिले संघमा नेतृत्वको दोहोरोपनले समुदायमा अन्यौल र द्विविधा उत्पन्न गराएको, राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थको चपेटामा संस्था फंसेको, समुदायमा निराशा र युवा संघप्रति विमुख भएका, अन्तर्राष्ट्रिय प्रतिष्ठामा गिरावट आएको लगायत अवस्था चित्रण गर्दै समाधानका केही प्रस्ताव समेत राखेका छन् ।

पत्रमा संयुक्त उच्चस्तरिय वार्ता समिति गठन, एकता महाधिवेशन आयोजना, संस्थाको राजनीति निरपेक्ष नीति कडाइका साथ लागू गर्न, समावेशिता, युवा नेतृत्व र प्रविधिमैत्री संरचना विकास गर्न, नेपालको विकासमा लगानीका साझा कार्यक्रम अघि बढाउन प्रस्ताव गरिएको छ ।

पत्र जस्ताको तस्तैः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू