बुधबार, ३० जुलाइ, २०२५
05:32 | १०:१७

नेपलिज डक्टर्स एसोसिएसन यूकेमा महिला नेतृत्व, डा. हमाल नयां अध्यक्ष

नेपाली लिङ्क जुलाइ २७, २०२५


लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको ४० औं वार्षिक साधारण सभाले नयां नेतृत्व चयन गरेको छ ।

जुलाई २५ देखि २७ सम्म डरहमइस्थित रेडिसन ब्लु होटेलमा भएको उक्त वार्षिक साधारण सभाले डा. आरती हमालको अध्यक्षतामा नयां नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

कार्यकारी समितिको उपाध्यक्षमा डा. आशिष श्रेष्ठ, महासचिव डा. प्रज्वल घिमिरे, कोषाध्यक्ष डा. रवि पन्त, सहसचिव डा. पारुल श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा डा अनिल श्रेष्ठ, डा अभिषेक ताम्राकार, डा विक्रम थापा, डा गोकुल भट्ट, डा ऐस्ता सुब्बा एवं मनोनित सदस्यहरुमा डा ससा शाक्य र डा बिवेचन थापा चुनिएको निर्वाचन अधिकृत सविन जोशीले जानकारी दिए ।

नयां कार्यसमितिको कार्यकाल २०२५–२०२७ हुनेछ ।

नवनिर्वाचित अध्यक्ष डा. हमालले आफ्नो स्वीकृति मन्तव्यमा कार्यकारी समितिलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिइन् ।

डा. हमालले रिटर्निङ अफिसरको रुपमा जिम्मेवारी वहन गर्ने डा. सविन जोशी एवं आफूलाई मनोनयन गरेकामा डा. पारस सिंह र डा. कमल अर्यालमा समेत कृतज्ञता व्यक्त गरिन् ।

अध्यक्ष डा. हमालले सहयोगी सबै सदस्यहरू, उनीहरूका परिवार, एसोसिएसनका पूर्व अध्यक्ष डा. सञ्जीव नेपाली एवं स्थानीय आयोजक समितिलाई धन्यवाद दिइन् ।  

प्रतिवद्धता मन्तव्यका क्रममा अध्यक्ष डा. हमाले आगामी २ वर्षको कार्यकालमा विभिन्न क्षेत्रमा केन्द्रित भएर काम गर्ने रुपरेखा प्रस्तुत गरेकी छन् जसमा एसोसिएसनको विधान थप सुदृढ पार्ने, कार्यशैली रुपान्तरण, दीर्घकालीन स्थिरता र दिगोपनका लागि कोषवृद्धि, सदस्यता विस्तार, नेपाली चिकित्सकहरुको व्यक्तित्व विकास र ऊर्जा बढाउन करिअर केन्द्रित परियोजना, व्यवसायिक विकास र सिकाइ अवसरहरु सृजना, संस्थागत प्रभाव बढाउन संस्थाभित्र र बाहिर साझेदारीलाई प्राथमिकता, नेपालका लागि परोपकारी कार्य आदि गर्ने छन् । 

सो अवसरमा एसोसिएसनको ४० औं वार्षिकोत्सव समेत मनाइएको थियो जसमा संस्थाका धेरै पूर्व अध्यक्षहरू उपस्थित थिए।

कार्यक्रममा नेपालबाट अतिथिका रुपमा नेत्र रोग विशेषज्ञ प्रोफेसर सबिना श्रेष्ठ, ओस्लोबाट प्रोफेसर दीपक सापकोटा र जनरल मेडिकल काउन्सिल प्रतिनिधि सुश्री ट्रिस्टा चक्रवर्ती-ग्यानन पनि उपस्थित थिए।

शनिबार आयोजित गाला डिनरमा बेलायतका विभिन्न भागबाट १३६ डाक्टर र परिवारको उपस्थिति थियो ।  आइतबारको परोपकारी कार्यसम्बन्धी प्रस्तुति थियो । 

संस्थाले आफ्नो स्थापनाको ४० औं वर्ष गांठ मनाउने क्रममा वार्षिक जर्नल चौतारीको विशेष संस्करण जारी गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू