एनआरएनए यूके निर्वाचन आज, अनलाइन मतदान हुँदै




बांयाबाट क्रमश अध्यक्ष उम्मेद्धवारत्रय राजेन्द्र पुडासैनी, गोविन्द शर्मा खरेल र मनिष खत्री
लन्डन- एनआरएनए यूकेको नयाँ नेतृत्व चुन्ने निर्वाचनको लागि शनिबार अनलाइन मतदान भइरहेको छ। भेरो भोटिङमार्फत शनिबार मध्यरात शुरु भएको मतदान बेलुका १० बजेसम्म खुला रहनेछ।
एनआरएनए यूकेको अध्यक्ष, खुला उपाध्यक्ष, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष, महासचिव, सचिव, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष र आइसीसी सदस्यको पदका लागि मतदान भइरहेको छ।
अध्यक्षका लागि तीन, दुई खुला उपाध्यक्षमा चार, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा दुई, महासचिवमा दुई, दुई सचिवमा तीन, इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा दुई र तीन आइसीसी सदस्यको लागि चार उम्मेदवार चुनावी मैदानमा छन्।
अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेल प्रतिस्पर्धा गर्दैछन्। खुला उपाध्यक्षमा डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले, महासचिवमा पुण्य रेग्मी र दिवाकर पाण्डे, सचिवमा डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटा, इंग्ल्याण्ड परिषद अध्यक्षमा अहिल्या कुँवर र राममाया विष्ट तथा आइसीसी सदस्यमा तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवार छन्।
यो निर्वाचनमा एनआरएनए यूकेका कुल ३ हजार ५ सय १ जना सदस्य मतदाता छन्।
निर्वाचन समितिले मध्यरातसम्ममा नतिजा घोषणा गर्ने योजना रहेको बताएको छ। निर्वाचित कार्यसमितिको पदस्थापन भने आइतबार गरिनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५