सोमबार, २१ जुलाइ, २०२५
02:04 | ०६:४९

अनुग्रह बुलियनको पहिलो वार्षिकोत्सवमा चाँदीका गहना र सामग्रीमा विशेष छुट

नेपाली लिङ्क जुलाइ १९, २०२५

लन्डन- बेलायतमा हीराका गरगहना र लक्जरी घडीहरुको व्यापार गर्दै आएको नेपाली व्यवसायी स्वामित्वको अनुग्रह बुलियनको वार्षिकोत्सवमा ग्राहकले विशेष अफर पाउने भएका छन् ।

अल्डरसटस्थित अनुग्रह बुलियनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा अनुग्रह ज्वेलर्समार्फत् बिक्री हुने चाँदीका गरगहना तथा सामग्रीमा विशेष छुटसहितको अफर ल्याएको हो ।

अफरअन्तर्गत ५ तोलासम्मका चाँदीका गरगहना र सामग्रीमा मेकिङ चार्ज तथा ५ तोलाभन्दा माथिका गहना र सामग्रीमा मेकिङ चार्ज र वेस्टेज चार्ज दुवै निःशुल्क छ ।

यसका अतिरिक्त ग्राहकले आफ्ना चाँदीका गहना निःशुल्क सफा गराउने सुविधा पनि पाउनेछन् । अफर २१ जुलाईदेखि २६ जुलाईसम्म लागू हुनेछ ।

अनुग्रह ज्वेलर्स म्यानेजर भाष्कर सुनुवारले तीज दशैंतिहारलगायतका ठूला नेपाली चाडपर्व नजिकिंदै गर्दा ग्राहकले छुटको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे।

म्यानेजर सुनुवारका अनुसार यो छुट अनुग्रहमा उपलब्ध सबै थरीका चाँदीका गरहगहना र सामग्रीहरुमा उपलब्ध छ । चाँदीका गहनामा कानमा लगाउने एअर रिंग, हातमा ब्रासलेट, चेन, चन्द्रहारदेखि नेपाली चाडपर्वमा प्रयोग हुने टीकादानी, करुवा र घरमा सजाउन प्रयोग हुने साना गाग्री, कप, मग, खड्कुलासम्म अनुग्रहमा पाइन्छन् ।

अनुग्रहले दिएको चाँदीका गहना तथा सामग्रीको छुट स्टोर र अनलाइन दुवै माध्यमबाट सदुपयोग गर्न सकिन्छ । बेलायतभरबाट अनालाइन अर्डर गर्दा घरसम्मै डेलिभरीको सुविधा मिलाइएको छ ।

अनुग्रह बुलियनले पहिलो एक वर्षमा प्राप्त विश्वासका लागि ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ। ग्राहकको आवश्यकता र समयको मागलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्तै आकर्षक अफर ल्याउने र सेवालाई थप चुस्त बनाउन प्रतिबद्धता जनाएको छ ।

‘बुलियन स्थापनाको पहिलो वर्षमा हाम्रा सबै ग्राहक, शुभेच्छुक तथा स्थानीय समुदायबाट प्राप्त साथ, सहयोग र शुभेच्छाका लागि हामी आभारी छौं’, अनुग्रह बुलियन तथा अनुग्रह ज्वेलर्सका निर्देशक सुमन राईले भने, ‘आउँदा दिनहरुमा पनि हामी ग्राहकहरुको सुविधा र समुदायसंगको सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने कोशिस गर्दै जानेछौं ।’

अनुग्रह ग्रुपद्धारा सञ्चालित अनुग्रह बुलियन अल्डरसटमा छ भने अनुग्रह ज्वेलर्सका छुट्टै स्टोर अल्डरसट र प्लमस्टिडमा छन् । अनुग्रहमा हिरा, मोती, ह्वाइट गोल्ड तथा अन्य बहुमूल्य रत्नहरू, रोलेक्स, करटीयर जस्ता बहुमूल्य घडी एवं अर्डरबमोजिम आधुनिक सुनचाँदीका गहना सुपथ मूल्यमा उपलब्ध छन् ।बुलियनमा लकरको पनि सुविधा  छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू