परिवर्तनको वाचासहित इंग्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा राम मायाको उम्मेद्वारी



लन्डन । गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा राम माया थापाले उम्मेद्वारी दिएकी छन् ।
सन् २०२३-२५ कार्यकालमा इंग्ल्याण्ड राज्य परिषद्मा कोषाध्यक्षको जिम्मेवारी सम्हालेकी उनले यसपटक अध्यक्ष पदमा उम्मेद्वारी दिएकी हुन् । निर्वाचन आगामी जुलाई २६ मा तय छ ।
मकवानपुरको दामनमा जन्मिएकी थापाले विगत दुई दशकदेखि विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।
लामो समयदेखि सामाजिक सेवामा तल्लिन थापाले विभिन्न संस्थामा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्तालगायतका जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकी छन् ।
लामो अनुभव र सक्रियताका आधारमा इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्व गर्ने अठोटकासाथ अघि बढेको उनी बताउंछिन् ।
नेपालमा भएका दैवीप्रकोपमा पनि उनको भूमिका उत्तिकै प्रभावकारी छ । वि.सं. २०७२ सालमा नेपालमा गएको विनाशकारी महाभूकम्पका बेला संयोजक भएर बेलायतबाट सहयोग संकलन गरि नेपाल पठाउन उनको महत्वपूर्ण योगदान थियो ।
यसैगरी बाढीपहिरो जाँदा पनि उनले आवश्यक पहल र सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
प्रोपर्टी व्यवसायमा समेत सफलता हासिल गरेकी थापाले व्यवसाय र समाजसेवाबीच सन्तुलन कायम गर्दै “उद्यमशीलता र सामाजिक उत्तरदायित्वको संयोजन” मा पनि प्रेरणादायी छवि निर्माण गरेकी छन् ।
बेलायतमा रहेका विभिन्न संघसंस्थाबीच एकता, समन्वय र सहकार्य गरेर समाजमा महिलाहरुको प्रतिनिधित्व एवं सक्रिय सहभागितालाई उल्लेखनीय वृद्धि गर्दै युवा नेतृत्वलाई अग्रसर बनाइ नेतृत्व प्रदान गर्नुपर्ने उनको धारणा छ ।
नेपालसंगको भावनात्मक एवम् सांस्कृतिक सम्बन्ध थप मजबुत बनाएर बुद्धिजीवी, अनुभवी र पेशागत समुदायलाई नीतिगत संलग्नतामा ल्याउने तथा बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई सहयोग, सल्लाह, संरक्षकत्व र सुरक्षा प्रदान गर्ने वातावरण निर्माण जस्ता विषय समेट्न आफ्नो नेतृत्व प्रभावकारी हुने प्रतिवद्धता थापाले गरेकी छन् ।
‘मेरो उम्मेदवारी केवल पदका लागि नभई समुदायभित्र सकारात्मक सोच तथा परिवर्तन, सहकार्य र समावेशी नेतृत्वको प्रतिनिधित्व हो’- उनले भनिन् ।
आफ्नो लामो अनुभव र क्षमताका आधारमा समाजसेवालाई थप प्रभावकारी र महिला नेतृत्वको प्रतिनिधित्व गर्न आफूलाई मतदान गरेर विजय गराउन थापाको अनुरोध छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५