सोमबार, १४ जुलाइ, २०२५
06:53 | ११:३८

एनआरएनए यूके अध्यक्षमा चार जनाले दर्ता गरे उम्मेदवारी

नेपाली लिङ्क जुलाइ १३, २०२५

एनआरएनए यूके अध्यक्ष पदका चार उम्मेदवार: वायाँबाट राजेन्द्र पुडासैनी, गोविन्द खरेल, काशीराम भण्डारी र मनिष खत्री

लन्डन- एनआरएनए यूकेको भावी नेतृत्वका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।

आइतबार बेलुका पाँच बजेसम्मको समयसीमाभित्र राजेन्द्र पुडासैनी, गोविन्द खरेल, काशीराम भण्डारी र मनिष खत्रीले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यसैगरि, दुई खुला उपाध्यक्षका लागि शम्भुप्रसाद अर्याल, डा. रक्षा थापा, तिलक भट्टराई, उज्ज्वल कार्की र ज्ञानेन्द्र आलेको उम्मेदवारी दर्ता भएको छ ।

महासचिव पदमा पूण्य रेग्मी र दिवाकर पाण्डेले उम्मेदवारी दिएका छन्।

अध्यक्षसहित उपाध्यक्ष, महासचिव लगायतका अधिकांश पदमा आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी परेको तथा केही पदहरुमात्रै निर्विरोध भएको निर्वाचन समिति स्रोतले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारहरुको प्रथम नामावली सोमबार दिउँसोसम्म प्रकाशन गर्ने तयारी गरेको छ ।

महिला उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, युवा संयोजक, महिला संयोजकसहितका केही पद निर्विरोध भएका छन्।

उम्मेदवारी फिर्ता लिने समय सोमबार साँझ ७ बजेसम्म छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू