शनिबार, १२ जुलाइ, २०२५
09:58 | १४:४३

अल्डरसटमा एकैदिन प्रदर्शन हुंदै ‘एयर अफ दी बर्ड’ र ‘सुपर मोङ्क’

नेपाली लिङ्क जुलाइ ११, २०२५

लन्डन । बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र ‘सुपर मोङ्क’ आउँदो १७ जुलाई बिहीबार अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिने भएको छ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको हाउजिङ्ग प्रोजेक्टलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सो फिल्म प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्र संगै ‘एयर अफ दी बर्ड’ समेत प्रदर्शन गरिने छ ।

गत एक वर्षदेखि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाको प्रमुख लामाको रुपमा कार्यरत खेन्पो सेनाङ्ग ग्याम्जोद्वारा निर्देशित दुवै छोटो चलचित्र बौद्ध धर्म गुरुहरुको जीवन कथामा आधारित छ । सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरण पार गर्दै कसरी सुपर मोङ्क बन्छ भन्ने विषय कथामा समावेश छ ।

नेपालको अत्यन्त दुर्गम क्षेत्रमा छायांकन गरिएको उक्त चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कार समेत जितिसकेको निर्देशक ग्याम्जोले जानकारी दिए ।

दुईहप्ता अघि लन्डनमा समेत प्रर्दशन गरिएको उक्त चलचित्र नेपाली समुदायलाई लक्षित गरि अल्डरसटमा प्रदर्शन गर्न लागिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू