शनिबार, १२ जुलाइ, २०२५
07:59 | १२:४४

एनआरएनए सदस्यताका लागि ६८ हजार ६५१ जनाको आवेदन स्वीकृत

नेपाली लिङ्क जुलाइ ११, २०२५

लण्डन- गैरआवासीय नेपाली संघले सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको जनाएको छ। 

२०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८,६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५,१९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा छन्। संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भइरहेको संघको भनाइ छ ।

देश अनुसार सदस्यता विवरण (स्वीकृत)

 जापान – १८,३९३ सदस्य

अष्ट्रेलिया – १५,५५१ सदस्य

 संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य

 बेलायत – ३,५०८ सदस्य

साउदी अरेबिया – ३,१२७ सदस्य

 क्यानडा – ५,७५० सदस्य

कतार – १,१२४ सदस्य

 आयरल्याण्ड – १,४०२ सदस्य

 संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य

क्षेत्रगत सदस्य संख्या (स्वीकृत)

एशिया प्यासिफिक: १९,९११

ओसियानिया: १६,५३६

अमेरिकाज: १५,४२१

युरोप: ९,८११

मध्यपूर्व: ६,३५७

अफ्रिका: ६१५

क्षेत्रगत सहभागिता (प्रतिशतमा)

एशिया प्यासिफिक: २९.०%

ओसियानिया: २४.१%

अमेरिकाज: २२.५%

युरोप: १४.३%

मध्यपूर्व: ९.३%

अफ्रिका: १%

गैरआवासीय नेपाली संघले स्मार्ट एनआरएनए मोबाइल एपमार्फत सदस्यता प्रणाली थप सहज, पारदर्शी र आधुनिक बनाइएको जनाएको छ।

आगामी दिनमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा संघको छ। हालसम्म, ५६  वटा राष्ट्रिय समन्वय परिषदहरू एमआइएस प्रणालीमा आबद्ध भइसकेका छन् । 

जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ।

यस्तै क्यानाडा, न्यूजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबिया, साउथ सुडान र फ्रान्समा पनि सदस्यता वितरण सकिइसकेको छ ।आगामी दिनमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू