मंगलबार, ८ जुलाइ, २०२५
23:12 | ०३:५७

बेलायतमा लागूऔषध कारोबारमा एक नेपालीलाई दुई वर्ष जेल सजाय

नेपाली लिङ्क जुलाइ ८, २०२५

तस्विर- थेम्स भ्याली प्रहरी

लन्डन । बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति  गरेको अभियोगमा एक नेपाली जेल चलान भएका छन्।

लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई ११ जुनमा एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो। 

उनले ड्रग बेच्ने उद्देश्यले आफूसंग राखेको पनि स्वीकार गरेका छन्।

हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गतवर्ष २८ अक्टुबरमा पक्राउ गरि भोलिपल्ट अक्टोबर २९ मा अभियोग लगाइएको थियो।

लामाको साथमा २८ पोका हिरोइन र २८ पोका क्र्याक कोकीन फेला परेको थियो। अनुसन्धानले उनी संगठित ड्रग तस्करीमा संलग्न थिए भन्ने खुलासा गरिएको छ ।

बकिङ्घमशायरको प्रोएक्टिभ टिमका अनुसन्धान अधिकृत पीसी उस्मान शफिकले भने ‘लामा हाई वाइकम्बमा क्लास ए लागूपदार्थ ओसारपसारमा संलग्न रहेको पाइयो जसले संगठित अपराध, गम्भीर हिंसा र वयस्क एवं बालबालिकामाथि  आघात पुर्‍याए । यसले हाम्रो समुदायभित्र गम्भीर असर गर्नेछ ।’

प्रहरीले ड्रग तस्करी नियन्त्रणमा सहयोग गर्न अपील गर्दै यस्ता घटनाबारे तुरुन्तै प्रहरीलाई सूचना दिन पनि अपिल गरेको छ।

बेलायतमा नेपालीमूलका युवा लागूऔषध कारोबारमा संलग्न हुने क्रम बढ्दै गएकामा अगुवा चिन्तित छन् । यसले यहाँ बस्ने नेपाली समुदायको छविमा समेत प्रतिकुल असर पुगिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू