आचार्यले म्यारिज एनिभर्सरीमा नेपालका असहायलाई गरे सहयोग



लन्डन । लन्डनवासी समाजसेवी अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपलिज सेफ एसोसिएसन यूके र पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष दधि आचार्यले आफ्नो बिहे एनिभर्सरीको उपलक्ष्यमा नेपालका असहायलाई आर्थिक सहयोग गरेका छन् ।
आचार्यले अपांग सेवा केन्द्रमा आश्रय लिइरहेका सबैका लागि खाना प्रवन्धसहित नगद २० हजार रुपैयां र नेपाल स्नेही काख नामक संस्थालाई ३१ हजार रुपैयां प्रदान गरेका हुन् । अपांग सेवा केन्द्रकी सञ्चालक माया थामीले दानवीर आचार्यप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
आफ्नो ३१ औं वैवाहिक वार्षिकोत्सवमा थोरै भएपनि सहयोग गर्न पाउंदा आफूलाई भाग्यमानी ठानेको आचार्यले बताए । आचार्यले विगतमा पनि ति संस्थामा सहयोग गर्दै आएका थिए ।
केही दिनअघिमात्र आचार्यले आफ्नो जन्मदिनमा पवित्र समाज सेवा नेपालमा आश्रित गरिब, असहाय बालबालिका तथा वृद्धवृद्धालाई दिवाभोज प्रवन्ध र आर्थिक सहयोग गरेका थिए ।