सोमबार, ३० जुन, २०२५
19:12 | २३:५७

दारी ग्याङ यूके: दारीको सम्मानदेखि सामाजिक सेवासम्म

नेपाली लिङ्क जुन २८, २०२५

नेपालमा लामो दारी, लामा कपाल वा अनौपचारिक पहिरनलाई हेर्ने दृष्टिकोण लामो समयसम्म पूर्वाग्रही रह्यो। बाहिरी आवरणका आधारमा मानिसको चरित्र र सोचमाथि मूल्याङ्कन गरिने प्रवृत्तिलाई परिवर्तन गर्नका लागि सामाजिक व्यङ्ग्यको रूपमा दारी ग्याङको जन्म भएको थियो। यही सोचलाई आत्मसात् गर्दै २०७२ साल फाल्गुन ६ गते, दारी ग्याङको स्थापना गरिय । यो एक यस्तो समूह बन्यो जसले दारीलाई आत्म–पहिचानको प्रतीक बनाउँदै व्यक्तित्वको गहिराइ बुझ्न बाहिरी स्वरूपले मात्र पुग्दैन भन्ने सन्देश फैलाउन थाल्यो।

सुरूमा मनोरञ्जन र दारीप्रेमी साथीहरूको समूहको रूपमा गठन गरिएको यो समूह कालान्तरमा सामाजिक उत्तरदायित्वतर्फ उन्मुख हुँदै गयो। आजको दिनमा दारी ग्याङ नेपालमा गैर-नाफामूलक सामाजिक संस्थाको रूपमा आधिकारिकरूपमा दर्ता भइसकेको छ। 

यस संस्थासँग नेपाल र विदेशमा गरी हालसम्म १ लाख ८ हजारभन्दा बढी सदस्य आवद्ध भइसकेका छन्। नेपालका ४० भन्दा बढी जिल्लामा दारी ग्याङको सक्रिय उपस्थिति छ भने युके, दुबई, कतार, कुवेत, कोरिया लगायतका देशहरूमा समेत यो संस्था विस्तार भइसकेको छ।

दारी ग्याङ यूके: बेलायतमा एकता, सेवा र सहयोगको साझा आवाज

नेपालमा स्थापनाकालदेखि नै दारी ग्याङमा सक्रिय रहेर म काठमाडौं जिल्ला संयोजक, केन्द्रिय संस्थापक सदस्य र केन्द्रिय सचिवको जिम्मेवारी समेत निर्वाह गर्ने सौभाग्य प्राप्त गरें। सन् २०२२ मा उच्च शिक्षाका लागि बेलायत आउँदा यहाँ रहेका नेपाली समुदायमा पर्याप्त सहयोग नपाएको, पार्टटाइम काम, बस्ने कोठा खोज्ने समस्याहरू र विभिन्न ठगीका घटना झेल्नुपर्ने अवस्थालाई नजिकबाट अनुभव गरें। त्यही अनुभवका आधारमा नेपालकै मूल सन्देश र उद्देश्यलाई बोकेर दारी ग्याङ यूके स्थापना गर्ने दृढ संकल्प गरियो ताकि युकेस्थित नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उचित साथ, सहयोग र समर्थन पुर्‍याउन सकियोस्।

अन्ततः जनवरी ३१, २०२३ मा प्रेस्टनमा १४ सदस्यका साथ दारी ग्याङ यूकेको विधिवत् स्थापना गरियो। आज जुन २०२५ मा आइपुग्दा २ वर्ष ५ महिनाको छोटो अवधिमा यो संस्थामा यूकेका विभिन्न मुख्य शहरका सदस्यहरु आवद्ध भइसक्नु भएको छ र २२५ बढी सक्रिय सदस्य हामीसँग ग्रुप च्याट, फेसबुक ग्रुप तथा भौतिक कार्यक्रममार्फत आबद्ध भइसकेका छन्।

सबै सदस्यहरू दारी ग्याङ यूकेको उद्देश्य, संरचना र योगदानप्रति सचेत तथा सहभागी छन्, जसका कारण हरेक कार्यक्रम, छलफल र सहयोगमा पारदर्शिता र उत्साहपूर्वक सहभागिता देखिएको छ। बेलायतमा रहेका सबै दाजुभाइ, दिदीबहिनी, आमाबुबालाई समेट्ने उद्देश्यले हामीले भर्खरै  ‘Daari Gang UK Community’ फेसबुक ग्रुप खोलेका छौं।

हाम्रो लक्ष्य: सेवा, एकता र सामूहिक आवाज । स्थापनाकालदेखि अहिलेसम्म दारी ग्याङ युकेले विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगमूलक कार्यक्रमहरू गर्दै आएको छ—जसको विस्तृत विवरण निम्न प्रकारका छन् ।

१. मिति 31st January, 2023 मा दारी ग्याङ यूके शाखा गठन भएको र पहिलो आधिकारिक मिटिङ भएको तथा उपस्थित सदस्यज्यूहरुलाई सदस्यता प्रमाणपत्र वितरण ।

२. मिति 18th February, 2023 मा दारी ग्याङको ७ औं वार्षिकोत्सवको उपलक्ष्यमा दारी ग्याङ यूके शाखाबाट वार्षिकोत्सव विशेष कार्यक्रम र दोस्रो बैठकको समापन ।

३. मिति 30th August, 2023 गते बुधबार प्रेस्टन, यूकेमा अवस्थित महारानी रेस्टुरेन्टमा Bizz Education द्वारा आयोजित रास्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित च्यारिटी तथा सांगीतिक कार्यक्रममा दारी ग्याङ यूके शाखाको तर्फबाट नेपाली रु. १६,९६८ (सोह्र हजार, नौ सय, अड्सट्ठी रुपैयाँ (१०१ पाउन्ड) रास्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरियो भने गायक स्वप्न सुमनलाई स्वागत तथा सम्मानको कार्यक्रम सफलतापूर्वक सम्पन्न ।

४. मिति 13th July, 2024 मा शनिबार, Preston, Lancashire, यूकेको Brunel Court को सभाहलमा दारी ग्याङको तेस्रो आधिकारिक बैठक सम्पन्न ।

५. मिति 14th July, 2024 मा थर्ड आइ टिमले यूकेको लन्डनमा आयोजना गरेको नेपाली फिल्म फेस्टिबलमा दारी ग्याङलाई अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो भने सोही अनुरुप कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिसके पछि आयोजक र दारी ग्याङ युके शाखाका उपस्थिति सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

६. मिति 26th July, 2024, मा दारी ग्याङ यूकेको आर्थिक सहयोगमा लिखु गाउँपालिका-६ मा रहेको बच्छला मा. बि. मा सुहास डेण्टल केयर तथा दारी ग्याङ सदस्य दन्त चिकित्सक डा. लोकराज ढकाल सहित ११ जना दन्त स्वास्थ्यकर्मीबाट सम्पन्न नि:शुल्क दन्त शिविर , त्यसैगरी त्यस दन्त शिविर कार्यक्रमको सम्पूर्ण Funding को लागि, दारी ग्याङ यूके शाखाबाट ८० हजार रुपैयाँ संकलन गरि उक्त कार्यक्रममा उपयोग गरिएको थियो ।

७. मिति 12th August, 2024 मा रमेश कुमार राई बचाउ अभियानमा दारी ग्याङ यूके शाखाबाट नेपाली ७ हजार रुपैया संकलन भएर शाखाको महत्त्वपूर्ण सदस्य जीवन अधिकारबाट उक्त रकम हस्तान्तरण भएको थियो ।

८. मिति 2024 30th र 31st August मा, दारी ग्याङ यूकेको पहलमा बिज एजुकेसनका निर्देशक हरि कार्की ज्यूबाट दारी ग्याङले नेपालमा आयोजना गरेको Futsall Tournament मा टाइटल स्पोन्सरको रुपमा दारी ग्याङको स्पोन्सर तथा कोलाब्रेसन भएको ।

९. मिति 31st August, 2024 शनिबार दारी ग्याङ सस्थापक केन्द्रिय अध्यक्ष प्रदिप गैरे र दारी ग्याङ केन्द्रिय उपाध्यक्ष जग्दिश भण्डारीज्यूको प्रमुख आतिथ्यमा दारी ग्याङ यूकेको पदाधिकारीज्यूहरु, सल्लाहकार ज्यूहरु र सक्रिय सदस्यज्यूहरुको उपस्थितिमा जुमबाट दारी ग्याङ यूकेको चौथो आधिकारिक बैठक सम्पन्न । सोही बैठकबाट  आगामी २ वर्ष कार्यकालको लागि १५ जना यूके केन्द्रीय समिति सदस्य र ५ जना सल्लाहकार समिति सदस्य गरि २० जनाको टिम तयार गरिएको ।


१०. मिति २०२४ अक्टोबर ४ गते शुक्रबार दारी ग्याङ, Nepali Samaj Preston, Bizz Education र Uclan Nepalese Society को संयुक्त आयोजनामा University of Central Lancashire को Fostor Building मा नेपालबाट उच्च अध्यनको लागि यूके आएका विद्यार्थीहरुका लागि स्वागत तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । साथै उपस्थित सम्पूर्ण विद्यार्थीलाई गिफ्ट हयाम्पर र दशैं उत्सव कार्यक्रमको कुपन समेत प्रदान गरिएको थियो र विद्यार्थीले यूकेमा भोग्नु परेको समस्याहरुबारे परामर्श दिइएको थियो ।

११. मिति 2024 october ४ गते शुक्रबारकै दिन बेलुका दारी ग्याङ, Nepali Samaj Preston, Bizz Education र Uclan Nepalese Society को संयुक्त आयोजनामा दशै उत्सव कार्यक्रम Penwortham Golf Club, Preston, Lancashire, Uk मा सफलतापूर्वक सम्पन्न भएको थियो ।

१२. मिति 2024 October 12 गते शनिबार बडा दशैको पावन अवसरमा दारी ग्याङ यूकेले Preston, Lancashire को Brunel Court Hall मा दशैको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

१३. मिति November 3rd 2024 तारिख नेपालमा बाढी र पहिरोले गर्दा धेरै परिवार कठिनाइमा पर्नु भएको थियो। यसै सन्दर्भमा, दारी ग्याङ यूकेले सोलुखुम्बुका सुरज मगरको परिवारलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले अभियान चलाएको थियो । हामी ३०,५०० रुपैयाँ संकलन गर्न सफल भएका थियौं, जुन रकम सुरज मगरको परिवारलाई हस्तान्तरण गरेका थियौं ।

१४. दारी ग्याङ यूकेले प्रेस्टन, यूकेको Detroit Club मा 3rd November, 2024 आइतबार राती देउसी भैलो तथा तिहार पार्टी कार्यक्रम सफलतापूर्वक समापन गरेको थियो। खासमा हामीले दारी ग्याङबाट वर्षभरी नै आफूले सकेको सहयोग, साथ र समर्थन गर्दै आइरहेका हुन्छौं तर हामी आफै भने कहिले यसरी हासेको खुलेको र रमाइलो गर्न पाइरहेका हुँदैनौ । हाम्रो काम, पढाई र विविध कारणले गर्दा हामीले रमाइलोपनसहित नेपाली सँस्कृति संरक्षणको हेतुले देउसी भैलो तिहार पार्टी गर्ने आयोजना बनाएका थियौं। 

हामीले छोटो समयमै यो योजना बनाएको भएपनि दारी ग्याङलाई माया गरेर करिब ६० जना भन्दा बढी प्रेस्टनवासी नेपालीहरु बेलुका ८ देखि मध्य राती १२ बजेसम्म बसेर रमाइलो गर्दिनु भयो र वातावरणलाई रौनक छर्नु भएको थियो ।

१५. मिति 2024 December 14 तारिख, लन्डनमा भएको माया गाला डिनर एण्ड अवार्डस् नाइट समारोहमा रोयल बरो अफ ग्रीनवीच बरोका मेयर जीत रानाभाट, Maya supported Living Company र Maya Cricket Club का निर्देशक एवम् दारी ग्याङ यूके सल्लाहकार राज पाण्डेज्यू, त्यसैगरी माया इभेन्ट्सकी निर्देशक डा. रक्षा थापाज्यू र अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरेलज्यूहरु माझ दारी ग्याङ यूकेले समाजमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान र दारी ग्याङ यूकेको कामहरुको बारेमा चर्चा भएको थियो 

१६. मिति December 15 2024 तारिखमा, दारी ग्याङ यूकेको पहिलो एतिहासिक लन्डन भेला सम्पन्न भएको थियो ।

१७. मिति December 27, 2024 तारिखका दिन दारी ग्याङ रुपन्देहीद्वारा सञ्चालित वनबाटिका तथा वृक्षरोपण कार्यक्रमको सहयोगका लागि दारी ग्याङ युकेलाई पनि प्रस्ताव प्राप्त भएको थियो। यस सन्दर्भमा, हाम्रो दारी ग्याङ यूके शाखाका सल्लाहकार तथा Bizz Education Director, Hari Karki सरले आफ्नो पर्यावरण प्रतिको गहिरो चिन्ता र हरित विकास प्रतिको प्रतिबद्धता व्यक्त गर्दै दारी ग्याङको यो बृहत् परियोजना सफल पार्न स्वस्फूर्त रूपमा दारी ग्याङ युकेको तर्फबाट रू. ३४,४०० (£200) सहयोग प्रदान गर्नुभएको थियो ।

१८. मिति January 11, 2025 तारिखका दिन काठमाडौंको बसन्तपुरमा भएको काठमाडौं दारी ग्याङको भेलामा दारी ग्याङ यूकेले गरेको योगदानको कदर गर्दै सम्मान व्यक्त गरिएको थियो ।

१९. मिति 18 February 2025 tuesday का दिन, दारी ग्याङ युकेको ९ औं वार्षिकोत्सवको अवसरमा लन्डन र प्रेस्टनमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी, प्रेस्टनको एनिभर्सरी कार्यक्रम सफल बनाउन सल्लाहकार लन्डनमा हरि कार्कीज्यूले स्पोन्सर गर्नु भएको थियो भने लन्डनमा भएको एनिभर्सरी कार्यक्रममा सल्लाहकार राज पाण्डेज्यूले स्पोन्सर गर्नुभएको थियो ।

२०. मिति 2025 March 13 गते बिहिवार प्रेस्टनको Avenham Park मा दारी ग्याङ यूकेको होलि कार्यक्रम सम्पन्न गरिएको , जसमा ३० भन्दा बढीको संख्यामा मान्छेको उपस्थित भएको थियो भने कार्यक्रममा अबिर लगाई नाचगान तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

२१. मिति 2025 March 31 तारिक सोमबारको दिन ललितपुरस्थित तुलसालय आश्रममा खाद्यान्न सामग्रीको अभाव भएको दारी ग्याङको पोस्टको आधारमा दारी ग्याङ यूकेका सल्लाहकार राज पाण्डेबाट आफ्नो विवाह वार्षिकोत्सवको अवसरमा उक्त आश्रममा एक महिनालाई आवश्यक सम्पूर्ण खाद्यान्न सामग्री वितरण गरियो । उहाँले जम्मा १, ३७,००० बराबरको खाद्यान्न सामग्री सहयोग गर्नु भएको थियो ।

२२. मिति 2025 April 13th आइतबारका दिन नेपाली नयाँ वर्ष २०८२ को अवसरमा दारी ग्याङ यूकेद्वारा प्रेस्टन यूकेस्थित Detroit Club मा नेपाली नयां वर्ष २०८२ शुभकामना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो। 

विदेशको भूमिमा रहेर पनि यस कार्यक्रमले हाम्रो मौलिक नेपाली परम्परा, संस्कृति र पहिचानको जगेर्ना गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा काम गरेको छ। साथै, विदेशमा हामी सबैले अध्ययन र रोजगारीको कारणले व्यस्त जीवन बिताइरहँदा केही समय साथीभाइसँग हाँसीखुसी बिताउने, रमाइलो गर्ने, गीतसंगीत र नृत्यमार्फत मन हल्का पार्ने अवसर पनि प्रदान गरेको थियो।

२३. मिति 2025/April 27th Sunday को दिन, London को Harrow Leisure Centre मा  दारी ग्याङ यूकेका सल्लाहकार राज पाण्डेज्यूको कम्पनी Maya Events द्वारा आयोजित Laughter For Life कार्यक्रम सफल बनाउन दारी ग्याङ युकेको तर्फबाट साथ सहयोग र समर्थन गरिएको ।

२४. मिति 2025 May 7th wednesday का दिन स्व. सुशान ओलीको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले दारी ग्याङ यूकेद्वारा सुरु गरिएको अभियान अन्तर्गत हामीले £338.79 (नेपाली रु. ६४,४३८ ) संकलन गरि स्व. सुशान ओलीका बुवा नबराज ओलीको खातामा पठायौं । यो सहयोग केवल आर्थिक मात्र नभई हामी नेपालीहरूबीचको आत्मीयता, एकता र मानवताको प्रतीक पनि थियो।

२५. अन्य विविध उपलब्धिहरु:

* १४ जनाबाट सुरु भएको ग्रुप अहिले हामीसँग २२५ जना सक्रिय सदस्यहरु सबैजना दारी ग्याङलाई जानेको बुझेको धेरै जना सदस्य युकेको विभिन्न ठाँउबाट जोडिनु भएको छ । यो क्रम जारी रहनेछ ।

* विशेष गरि हाम्रो दारी ग्याङ यूके शाखाको सल्लाहकार तथा बिज एजुकेसनका निर्देशक हरि कार्कीबाट विद्यार्थी र विश्वविद्यालयसँग सम्बन्धित धेरै समस्याबारे सल्लाह सुझाव दिनुभएको, सल्लाहकार तथा Acorns Recruitment को Recruitment Consultant श्याम दाहालले उहाँसँग सम्पर्कमा आउनु भएको धेरै जनालाई कामको अवसरमा धेरै सहयोग गर्नु भएको र अन्यबेला ग्रुपलाई चाहिएको बेला मार्गदर्शन दिनु भएको, सल्लाहकार तथा नेपाली फिल्म फेस्टिबलका आयोजक विकास देवकोटाले फिल्म फेस्टिबल लगायत अन्य विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा दारी ग्याङलाई जोड्ने काम गर्नु भएको र आवश्यकता अनुसार सल्लाह सुझाव दिनु भएको, सल्लाहकार तथा अक्सफोर्ड युनिभर्सिटीका आइटी अफिसर मदन भण्डारीज्यूले आफूले जानेको सिकेको सीप र दारी ग्याङलाई कसरी सकारात्मक दिशामा अगाडी बढाउन सकिन्छ भन्ने बारेमा परेको बेला सरसल्लाह सुझाव दिनु भएको साथै, Maya Supported Living, माया इभेन्टस, माया क्रिकेट क्लवका निर्देशक तथा दारी ग्याङ यूके सल्लाहकार राज पाण्डेज्यूले दारी ग्याङमा जोडीसकेपछि विभिन्न सदस्यहरुलाई सूचना सेयर गर्दै आउनु भएको, दारी ग्याङ यूकेले गर्ने कार्यक्रम र सामाजिक कामहरुमा आर्थिक सहयोग गर्दै आउनु भएको र दारी ग्याङलाई चाहिएको बेला हरेक समयमा उपलब्ध रहँदै विभिन्न सल्लाह सुझाव र विजनेश आइडिया शेयर गर्दै आउनु भएको । उहाँहरु जस्तो विशेष व्यक्तिहरुलाई मार्गदर्शकको रुपमा पाउंदा दारी ग्याङ यूके आज यो स्थानसम्म आएको छ ।

* त्यसैगरि हाम्रो दारी ग्याङ यूके शाखाको केन्द्रिय समिति, सक्रिय सदस्य र अहिले हालसम्म जोडिनु हुने सम्पूर्ण सदस्यहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पनि अतुलनीय छ ।

* यसबाहेक हामीसँग सम्पर्कमा आउनुभएका १०० भन्दा धेरै नेपालीलाई कोठा खोज्न हामीले सहयोग गरिसकेका छौं भने चिनेजानेको ठाँउमा ५० भन्दा धेरै नेपालीले पार्ट टाइम र फुलटाइम जागिर पाइसक्नु भएको छ । कोठा खोज्न, जागिरको अवसरबारे जानकारी र सल्लाह सुझाव दिने उहाँहरु सम्पूर्णमा विशेष धन्यवाद ।

* त्यसैगरी दारी ग्याङ यूके शाखाले आफ्नो सदस्यहरुको जन्मोत्सव, बिहे एनिभर्सरी लगायत विभिन्न अवसरमा अक्षय कोषमा  रकम संकलन गर्ने अभियान पनि चलाउंदै आएको छ र उक्त रकमबाट भैपरी आउने समस्या र सदस्यहरुको निम्ति उपयोग गर्दै आइरहेका छौं ।

यो यात्रा अझै रोकिने छैन । यो यात्रा निरन्तर अगाडि बढ्नेछ झनै परिमार्जित हुँदै र थप जोस-जाँगर र उर्जाका साथ । आपसी भाइचारा बढाउंदै र हातेमालो गर्दै र ग्रुपको मूल्य मान्यतालाई आत्मसात गर्दै कुनै व्यक्ति वा ग्रुप प्रति पूर्वाग्रह नराखी हामी अटुट र अविरल भएर नदी जस्तै बगिरहनेछौ । यस ग्रुपलाई साझा फुलबारी बनाउन सबैजनाको यसैगरी साथ र सहयोग मिल्नेछ भन्ने आशा छ ।

-सुशील गौतम, अध्यक्ष दारी ग्याङ यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू