एनआरएनए यूकेमा ३ हजार ६ सय ६ सदस्य स्वीकृत



लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा ३ हजार ६ सय बढी सदस्य स्वीकृत भएका छन् ।
यसअघि पेन्डिङ र ड्राफ्टमा रहेका सदस्यता आवेदनहरुका लागि दिइएको अतिरिक्त २ दिनको समय पनि शुक्रबार मध्यरात सकिने बेलासम्म जम्मा ३ हजार ६ सय ६ सदस्यता स्वीकृत भएका संघले जनाएको छ ।
अझै पनि ३ सय २१ आवेदन आवश्यक कागजात नपुगेका कारण पेन्डिङमा छन् भने बाँकी ६ सय ५७ आवेदन ड्राफ्टमा छन् ।
पेन्डिङमा रहेका आवेदनको हकमा आवश्यक कागजात पेश गर्न शनिबार मध्यरातसम्मको समय उपलब्ध गराइएको छ । तर अझै पनि ड्राफ्टमा रहेका आवेदन भने अब सिधै खारेज भएका छन् ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, महासचिव गोविन्द खरेल र निर्वाचन समिति प्रमुख रामशरण शिम्खडाले एक वक्तव्य जारी गर्दै पेन्डिङमा रहेका आवेदनका लागि कागजात पेश गर्न शनिबार मध्यरातसम्म समय थपिएको तर नयाँ सदस्यता आवेदन बन्द गरिएको जानकारी गराएका छन् ।
संस्थाभित्र बढ्दो विवाद र अन्योलका बीचपनि बेलायतवासी नेपालीहरुले उत्साहजनक ढंगले सदस्यता आवेदन गरेकोमा एनआरएनए यूकेले आभार प्रकट गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५