शुक्रबार, असार १३, २०८२
05:33 | १०:१८

डब्लुथ्री टेक्नोलोजीको ‘डब्लुथ्री रिजर्भेसन’ सफ्टवेयर लञ्च, बन्यो गुगलको अफिसियल पार्टनर

नेपाली लिङ्क जुन २६, २०२५

लन्डन- नेपालीहरुद्धारा सञ्चालित सफट्वेर डेभलेपमेन्ट कम्पनी ‘डब्लुथ्री वेब टेक्टोनोलोजी‘ को टेबल रिजर्भेसन एप ‘डब्लुथ्री रिजर्भेसन‘ ले गुगलसंग साझेदारी शुरु गरेको छ।

रेष्टुरेन्ट टेबल रिजर्भेसनका लागि डब्लुथ्रीले विकास गरेको अत्याधुनिक एप र गुगलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको कम्पनीका म्यानेजिङ डाइरेक्टर महेन्द्रविक्रम कुंवरले नेपालीलिंकलाई जानकारी दिए ।

गुगलसंगको साझेदारीपछि डब्लुथ्री रिजर्भेसनमार्फत् रेष्टुरेन्ट टेबल बुकिङ निकै सरल, सहज र प्रभावकारी बन्ने कुंवरले बताए ।

डब्लूथ्री रिजर्भेसन एप सब्सक्राइब गर्ने रेष्टुरेन्टको बुकिङ अब गुगलबाटै गर्न सकिन्छ । त्यसको अर्थ बुकिङका लागि सो रेष्टुरेन्टको वेवसाइटसम्म गइरहनुपर्ने झञ्झट हुंदैन । जसले गर्दा बुकिङ प्रक्रिया सरल र सहज त हुन्छ नै । रेष्टुरेन्टको पहुंच र व्यवसाय विस्तारको सम्भावना पनि सिधै बढ्न जान्छ, उनले भने ।

सफ्टवेयर डेभलेपमेन्टका क्षेत्रमा गुगलसंगको साझेदारी डब्लुथ्री वेव टेक्नोलोजीका लागि एक महत्वपूर्ण उपलब्धि र कोसेढुंगा बनेको कम्पनीका म्यानेजिङ डाइरेक्टर कुंवरको भनाइ छ ।

म्यानेजिङ डाइरेक्टर महेन्द्र विक्रम कुंवर

गुगलसंग साझेदारी शुरु भएको अवसरमा डब्लुथ्री टेक्नोलोजीले डब्लुथ्री रिजर्भेसनको सब्सक्रिप्सनमा विशेष छुट घोषणा गरेको छ । जसअनुसार आगामी जुलाई १५ भित्र साइन अप गर्ने रेष्टुरेन्टलाई पहिलो २ महिना निशुल्क सेवा दिइनेछ । त्यसपछि मासिक ५० पाउण्डका दरले शुल्क लाग्नेछ ।

डब्लुथ्री रिजर्भेसन सब्सक्राइब गर्न वा यसबारे बुझ्न इच्छुक रेष्टुरेन्टहरुले कम्पनीको वेबसाइट वा इमेल र टेलिफोनका माध्यमबाट पनि सम्पर्क गर्न सक्नेछन् ।

बेलायतमै बस्ने नेपालीहरुको पहलमा केही वर्षअघि शुरु भएको डब्लुथ्री टेक्नोलोजी सफ्टवेयर डेभलेपमेन्ट कम्पनी हो । संसारका विभिन्न मुलुकमा २ दर्जन बढी स्टाफ राखेको कम्पनीले संसारभरका ग्राहकलाई सम्पूर्ण आइटी सेवासमेत दिने गरेको छ ।

कम्पनीले निकट भविष्यमा अरु धेरै नयाँ र उपयोगी सफट्वेयरहरु लञ्च गर्ने तयारी भइरहेको जनाएको छ।

 

मार्केटिङ डाइरेक्टर केदार थपलिया

 

 

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू