बुधबार, ८ अक्टोबर, २०२५
21:54 | ०२:३९

होली काउ प्रतिष्ठित ‘इंग्ल्याण्ड्स बिजनेस अवार्डस्’ का लागि मनोनित

नेपाली लिङ्क अक्टोबर ७, २०२५

लन्डन -झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ फाइन इन्डियन फुड’ प्रतिष्ठित इंग्ल्याण्ड्स बिजनेस अवार्डस् २०२५ का लागि मनोनित भएको छ।

बेलायतको सबैभन्दा प्रतिष्ठित व्यावसायिक अवार्ड पनि भनिने उक्त अवार्डको स्थापना ७० वर्ष अघि गरिएको थियो। सन् १९६५ मा उक्त अवार्डलाई क्विन्स अवार्डस् फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवार्डस् फर इन्टरप्राइज गरिएको छ।

मतदाताहरुले गरेको भोटको आधारमा सबै भन्दा बढी मत ल्याउने व्यवसायले उक्त अवार्ड पाउने आयोजकले बताएका छन् ।

यही शुक्रबार (१० अक्टोबर) भित्र www.nominees.info/vote मा गएर Holy Cow Fine Indian Food (Town/City: London) कम्पनीको लागि भोट गरेर सहयोग गरिदिन उक्त कम्पनीले आग्रह गरेको छ । अथवा 07520 634133 नम्बरमा कम्पनीको नाम Holy Cow Fine Indian Food London टेक्स्ट गरेर पनि मतदान गर्न सकिने छ।

“स्थापनादेखि नै हामीले लन्डन जस्तो अत्यन्त प्रतिस्पर्द्धी विश्व शहरमा नेपाली/भारतीय स्वादको खाना चिनाएर नेपालको परिचय र गरिमा प्रवर्द्धन गर्न सक्दो प्रयास गरिरहेका छौं। त्यसैले हाम्रो कम्पनीको लागि भोट गरेर सहयोग गरि दिनु हुन सम्पूर्ण ग्राहक, शुभेच्छु तथा नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछौं,” होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने । उक्त भोट गर्न एकदमै सजिलो रहेको र एक मिनट भित्रै सकिने उनले बताए।

अवार्डले अनलाइन भोट अलावा कम्पनीले तिरेको कर, कर्मचारी संख्या आदिको पनि मूल्याङ्कन गर्ने आचार्यले जनाए ।

सबैभन्दा बढी भोट ल्याउने व्यवसायहरुलाई यही १२ अक्टोबरका दिन रेडिङमा गरिने विशेष समारोहमा अवार्ड प्रदान गरिने पनि आयोजकले जनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू