बिहीबार, २ अक्टोबर, २०२५
22:53 | ०३:३८

म्यानचेस्टरको एक यहुदी सभाघरमा कारको ठक्कर र छुरा प्रहारबाट दुई यहुदीको मृत्यु

नेपाली लिङ्क अक्टोबर २, २०२५

फोटो- बीबीसी

म्यानचेस्टर–बेलायती शहर म्यानचेस्टरको एक यहुदी सभाघरमा कारको ठक्कर र छुरा प्रहारबाट दुई यहुदीको मृत्यु भएको छ ।

यहुदी धार्मिक पात्रोको सबैभन्दा पवित्र दिन योम किप्पुरमा बिहीबार सो आक्रमण भएको हो । प्रहरीले यसलाई आतंकवादी घट्नाका रुपमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले आक्रमणकारीलाई घट्नास्थलमा सशस्त्र अधिकारीहरूले गोली हानी मारेको जनाएको छ ।

गम्भीर घाइते भएका चारजना अझै अस्पतालमा उपचाररत छन् ।

बिहीबार बिहान ९ः३१ बजे हिटन पार्क हिब्रू मण्डलीको सिनागोगमा सर्वसाधारणतर्फ कार गुडिरहेको र एक व्यक्तिमाथि छुरा प्रहार भएको खबर पाएपछि प्रहरीले प्रतिक्रिया जनाएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूले तुरुन्तै गम्भीर घट्ना घोषणा गर्दै ७ मिनेटभित्र उत्तरी म्यानचेस्टरस्थित घट्नास्थलमा आइपुगेर ०९ः३८ बजे संदीग्धलाई गोली हानी मारिदिएका थिए ।

त्यतिबेला सिनागोगमा ठूलो संख्यामा मानिसहरू पूजा गरिरहेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू